• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रचण्डका घरबेटीले सडक निर्माण अलपत्र पारेपछि वडाध्यक्षहरूले खडा गरे सडकमै कार्यालय

    483
    SHARES


    काठमाडौँ । भक्तपुरको नगरकोट-कमलविनायक सडकको निर्माण शुरू भएको ६ वर्षभन्दा बढी हुँदासमेत सम्पन्न नभएको भन्दै चाँगुनारायण नगरपालिकाका वडाध्यक्षहरूले सडकबाटै कार्यालयको काम थालेका छन् ।

    चाँगुनारायण नगरपालिका वडा नं. ७ का अध्यक्ष श्याम नयाजु श्रेष्ठले दबाबमूलक कार्यक्रम स्वरुप सडकबाटै कार्यालयको काम थालेका हुन् । यसअघि वडा नं. ६ का अध्यक्षले पनि सडकबाटै काम थालेका थिए ।

    यो सडकको निर्माणको ठेक्का शैलुङ कन्स्ट्रक्सन कम्पनीले पाएको छ । यसका सञ्चालक शारदा अधिकारी नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी हुन् । प्रचण्डको आडमा ठेकेदार अधिकारीले मनोमानी गर्ने गरेको आरोप पनि लाग्ने गरेको छ ।

    पटक-पटक विरोध जनाउँदासमेत सडक निर्माण नभएपछि वडाध्यक्षको नेतृत्वमा दबाबमूलक कार्यक्रम गर्नुपरेको स्थानीयले बताएका छन् । उनीहरूले थप आन्दोलनका कार्यक्रमहरू गर्ने जनाएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ