• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Uncategorized

    अमेरिका भाग्ने कोसिसमा थिए श्रीलंकाका राष्ट्रपतिका भाइ, विमानस्थलका कर्मचारीको रिस देखेपछि फर्किए

    283
    SHARES


    काठमाडौँ । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेका भाइ बासिल राजापाक्षे सोमबार श्रीलंकाको कोकोहोलोबाट बच्नका लागि अमेरिका जान खोजिरहेका थिए तर विमानस्थलमा अध्यागमन कर्मचारीको विरोधपछि उनी फर्कनुपरेको थियो ।

    एकातिर जहाँ सर्वसाधारणलाई अन्नको एउटा–एउटा दाना पनि महत्वपूर्ण छ, अर्कोतर्फ बासिलले अमेरिका जानका लागि १.१३ लाख श्रीलंका​ली भारुमा बिजनेस क्लासको चारवटा टिकट खरिद गरेका थिए ।

    यस्तै, अर्कोतर्फ श्रीलंकाको प्रमुख विपक्षी पार्टी समागी जाना बालवेगया (एसजेबी) का प्रमुख सजित प्रेमदासा श्रीलंकाको अन्तरिम राष्ट्रपति बनाइएका छन् ।

    एसजेबीले सोमबार निर्विवादित रुपमा प्रेमदासलाई अन्तरिम राष्ट्रपतिको पदका लागि नामांकन गरे । श्रीलंकामा राष्ट्रपति चुनाव २० जुलाईमा हुँदैछ । यसअघि गोटबायाले १३ जुलाईमा राजीनामा दिनेछन् र १५ जुलाईमा संसदको सत्र बोलाइनेछ ।

    गोटाबाया राजपाक्षे देशमै छन्
    अर्कोतर्फ राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेर गएको अड्कलबाजी भइरहेको छ । सभामुख महिन्दा यापाले यी अनुमानको खण्डन गरेका छन् ।

    उनले गोटबाया देशमै रहेको बताए । महिन्दा यापाले एक अन्तरवार्तामा राष्ट्रपति गोटबाया देश छोडेर भागेको बताएका छन् । तर, विवाद चर्किँदै गएपछि उनले राष्ट्रपति देशमा रहेको भन्दै आफूले गल्तीले पहिलो अभिव्यक्ति दिएको बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ