• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    जसपामा तेस्रो धारको जन्म, पार्टीलाई फुटबाट जोगाउन अभियान सुरु

    363
    SHARES


    काठमाडौँ। विभाजनको सङ्घारमा पुगेको जनता समाजवादी पार्टी नेपालमा तेस्रो धारले जन्म लिएको छ । यस तेस्रो धारले पार्टीलाई विभाजनबाट रोक्न अभियान सञ्चालन गर्ने भएको छ । सो अभियान सञ्चालनका लागि तयारी बैठक पेप्सीकोलाको टाउन प्लानिङ स्थित सनसिटी अपार्टमेन्टमा बैठकचलेको छ । स्रोतका अनुसार सो बैठकमा जसपा नेपालका कार्यकारिणी सदस्यहरू राजकिशोर यादव, रामनरेश राय यादव, अमृत अग्रहरि, मृगेन्द्रकुमार सिंह यादवलगायतका नेताहरू सहभागी छन् ।

    पार्टी विभाजनको विपक्षमा रहेका उनीहरुले अलग अलग बस्न गइरहेको बैठकलाई स्थगित गरी पार्टीमा समझदारी बनाई नयाँ ढङ्गबाट अगाडि बढ्न दुवै पक्षका नेताहरूलाई दबाब दिने छ । यसको अगुवाइ कार्यकारिणी सदस्य रामनरेश राय यादवले गरेका छन् । मधेस प्रदेशका प्रदेशसभा सदस्य समेत रहेका रामनरेश यादव कुनै पनि समूहको बैठकमा नजाने बरु दुवै बैठकलाई नै स्थगित गराउन दबाब नेताहरूलाई दिइरहेका छन् ।

    नेता रामनरेश राय यादवले भने, ‘भोलिदेखि बस्ने दुवै पक्षको बैठकमध्ये कुनै बैठकमा जाँदिनँ । म अरुलाई पनि आह्वान गर्छु कि विभाजनका लागि भइरहेको दुवै समूहको बैठकमा सहभागी नहुनुहोस् ।’ उनले दुवै पक्षका शीर्ष नेताहरू एक–एक कदम पछाडि हटेर पार्टीभित्रै समझदारी बनाउनुपर्ने सुझाव पनि दिए ।

    नेता रामनरेश राय यादवले जनकपुरबाट काठमाडौँ आएदेखि नै नेताहरूलाई भेटेर यो अभियानमा लाग्न अभिप्रेरित गरिरहेका छन् । उनले जसपा सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईदेखि कार्यकारिणी सदस्य राजकिशोर यादव, अमृता अग्रहरीलगायत थुप्रै नेतालाई भेटिसकेका छन् । भेटमा बाबुराम भट्टराईले आफू पार्टी विभाजनको पक्षमा नरहेको प्रष्ट पार्दै उपेन्द्र यादव रूपान्तरण भएर आए आफूसँगै काम गर्न तयार रहेको प्रतिक्रिया दिएको नेता यादवले बताए छन् ।

    उनले भने, ‘हाम्रो पहिलो प्रयास भनेको यो गुट भेलालाई एकताको भेलामा रूपान्तरण गरी पार्टी विभाजनबाट रोक्नु हो । यदि दुवै गुटको बैठक स्थगित गर्न सकिएन भने सो बैठकबाट पार्टी विभाजन नहुने सन्देश दिनुपर्छ ।’ जसपालाई फुटबाट जोगाएपछि अन्य साना दलसँग एकीकरण वा गठबन्धनको अभियान चलाएर गतिविधि अगाडि बढाउनुपर्छ ।

    जसपाले महन्थ ठाकुरको नेतृत्व लोसपा, रेशम चौधरीले बनाएको नागरिक उन्मुक्ति पार्टी, सिके राउत नेतृत्वको जनमत पार्टी, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीसँग एकता वा गठबन्धनका लागि पहल गर्नुपर्ने उनको सुझावरहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ