• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    लिग टु क्रिकेट : नामिबियासँगको खेल जित्न नेपाललाई २२१ रनको लक्ष्य

    317
    SHARES


    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा भइरहेको त्रिकोणात्मक शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले नामिबियाबाट जितका लागि २२१ रनको लक्ष्य पाएको छ ।

    कम्बुसडुन न्यु ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबिया ४७.३ ओभरमा सबै विकेट गुमाएर २२० रनमा अलआउट भएको हो । जान निकोल लाफ्टी एटनले सर्वाधिक ६० रन बनाए । डिभान ला कुकुले ४१ रन जोडे ।

    नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । उनले १० ओभरमा ५४ रन खर्चिए । यस्तै सोमपाल कामीले २ तथा करण केसी र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए ।

    यसै खेलबाट एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका वसिर अहमदले किफायती बलिङ गर्दै ७.३ ओभरमा १८ रन मात्र खर्चिएर १ विकेट लिए । आरिफ शेखले क्रेग विलियम्सलाई डाइरेक्ट हिटमार्फत रनआउट गराएका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ