• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    वर्तमान सरकार पनि ओलीकै बाटोमा छ : शेखर कोइराला

    299
    SHARES


    काठमाडौँ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले वर्तमान सरकार केपी ओलीकै पथमा अघि बढिरहेको टिप्पणी गरेका छन् ।

    राष्ट्रिय अनुसन्धान, राजश्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्रीको मातहतमा ल्याउनुका साथै संवैधानिक परिषद्सम्बन्धी विधेयक ल्याएर ओलीकै बाटोमा हिँडेको टिप्पणी गरेका हुन् ।

    उनले भने, ‘तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रिय अनुसन्धान, राजश्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्रीको मातहतमा ल्याउनु भनेको प्रधानमन्त्री अधिनायकवादतर्फ जानु हो भनेका थियौँ ।

    गठबन्धन दलको साझा कार्यक्रममा पनि विगत सरकारले गरेको अलोकतान्त्रिक गतिविधि सच्याउन भन्यौँ तर वर्तमान सरकार बनेको पनि झण्डै एक वर्ष पुगिसक्यो तर यस्ता विषयहरू प्राथमिकतामा किन परेनन् ? भ्रष्टाचार काण्डहरूको छानबिन किन ओझेलमा पर्‍यो ? सरकार नेतृत्वको हिसाबले पार्टी जवाफदेही बन्न सकेन भने आगामी निर्वाचनलाई समेत प्रभाव पार्ने ध्यानाकर्षण गर्न चाहन्छु ।’

    उनले थपे, ‘ओली नेतृत्वकै सरकारले संविधानमा भएको संवैधानिक परिषद् सम्बन्धी व्यवस्थाको प्रतिकुल हुनेगरी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर संविधान मिच्ने काम गरेको थियो । हामीले तत्कालीन अवस्थामा कडा ढङ्गले प्रतिवाद गरेका थियौँ । के हामीले अहिले उक्त असंवैधानिक कदमलाई निरन्तरता दिन खोजेको हो ? प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउँदछु ।’

    उनले गभर्नर प्रकरणमा सरकारको असक्षमता छताछुल्ल भएको जिकिर गरे । उनले भने, ‘सरकारले गभर्नर हटायो तर अदालतले पुनर्बहाली गर्‍यो । यसले आर्थिक क्षेत्रमा नकारात्मक सन्देश गयो ।’

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ