• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सी जिनपिङले घाेषणा गरेकाे काेषले नेपालकाे विकासमा सहयाेग पुग्छ : विदेश विभाग प्रमुख लिउ

    253
    SHARES


    काठमाण्डाै।  चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान छाओले चिनियाँ राष्ट्रपति एवम् पार्टीका महासचिव सी जिनपिङले घोषणा गरेको ‘चीन सरकार दक्षिण सहयोग सहायता कोष’ ले नेपालको विकासमा सहयोग पुग्ने बताए छन्। दक्षिण सहयोग सहायता कोष स्थापना गर्ने घोषणा गरिसकिएको उल्लेख गर्दै उनले यस कोषले नेपालसहितका देशलाई विकासको क्षेत्रमा महत्त्वपूर्ण सहयोग पुग्ने बताएका छन् ।

    प्रमुख छाओले चिनियाँ कम्युनिस्ट पार्टीले नेपाल र चीन दुई देशबीचको सामाजिक सङ्गठनमा धेरै सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । उनले भने, ‘चीन र नेपालबीचको युगौँयुगदेखिको आधार धेरै बलियो छ । दुई देशबीचको सम्बन्धको भविष्य उज्यालो छ । मैले आज बिहान बीपी कोइरालाको इतिहास हेरेँ अनि नेपाल र चीनबीचका पुराना नेता र सम्बन्धको ऐतिहासिक कुरा पढेँ । हाम्रो पार्टीका महासचिव सी जिनपिङले चिनियाँ सरकार दक्षिण सहयोग सहायता कोष स्थापना गर्ने घोषणा गर्नुभएको छ । त्यसैले यो सानो परियोजनाले पनि यस कोषको समर्थन पाउँछ भन्ने आसा छ ।’

    आज सोमवार काठमाण्डाैकाे वसन्तपुरमा आयोजित नेपाल स्माइलिङ चिल्ड्रेन प्रोजेक्टको उद्घाटन गर्दै विदेश विभाग प्रमुख लिउले बालबालिकाहरू खुसी भएमात्रै स्वस्थ रहन सक्ने उल्लेख गर्दै राम्रो अध्ययनका लागि उनीहरू स्वस्थ र खुशी हुन आवश्यक रहेकाे बताए । उनले आजका बालबालिका नै भविष्यका नेपाल र चीनका मित्रताका परिपूरक भएको उल्लेख समेत गरे।

    उनले नेपाली बालबालिकाहरूलाई चीन भ्रमणमा आउन पनि आग्रह गरे । प्रमुख लिउले चीनमा आएका नेपाली बालबालिकाहरूलाई स्वागत गर्न पाए आफूले झनै खुसी अनुभव गर्ने र चिनियाँ बालबालिकाहरूसँग भेटघाट गराउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

    कार्यक्रममा ऊर्जा जलस्राेत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपाल–चीनबीच अन्तरदेशीय क्रस बोर्डर ट्रान्समिशन लाइन निर्माण गरी स्वच्छ ऊर्जा व्यापारमा सहकार्य हुने विश्वास राखेको बताएका छन्  । उनले लामो समयदेखि चीनले नेपाललाई आर्थिक, प्राविधिक सहयोग गर्दै आएको उल्लेख पनि गरे ।

    मन्त्री भुसालले चीनले नेपालका सांस्कृतिक सम्पदा पुनर्निर्माणमा सहयोग गरेको उल्लेख गर्दै नेपालको विकासका लागि चीनको सहयोग आवश्यक रहेको बताए । चीनले नेपालको औद्योगिकीकरण र आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग गर्ने विश्वास लिएको पनि उनको भनाइ छ ।

     

     

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ