• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    एमालेले माग्यो महान्यायाधिवक्ता खातीको राजीनामा

    280
    SHARES


    काठमाडौँ। स्थानीय तहको निर्वाचनमा अमर्यादित क्रियाकलाप गरेको भन्दै एमालेले महान्यायाधिवक्ता खम्बबहादुर खातीको राजीनामा मागेको छ । प्रतिनिधिसभा बैठकमा सोमबार बोल्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले गत ३० वैशाखको स्थानीय तहको निर्वाचनका  क्रममा दैलेख, बुढीगंगा पुगेका महान्यायाधिवक्ता खातीले अमर्यादित क्रियाकलाप गरेको भन्दै एमालेले राजीनामा माग गरेको हो ।

    ‘३० वैशाखको निर्वाचन अनुगमन गर्न गएको निर्वाचन आयोगको टोलीले नेपाल सरकारका महान्यायाधिवक्तालाई किटानी गरेरै सो नगरपालिकाको वडा नम्बर ४ को थुमा भन्ने गाउँमा निर्वाचनको बेला अमर्यादित गतिविधि गरेको भनेर किटानी नै गरेको छ तर अहिलेसम्म उहाँले राजीनामा दिनु भएको छैन,’ प्रमुख सचेतक भट्टराईले भने । दोषी किटान भइसक्दा पनि महान्यायाधिवक्ता खातीले नैतिकताको आधारमा राजीनामा नदिएको भन्दै उनले आश्चर्यसमेत व्यक्त गरेका छन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ