• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    जोकोभिचले सातौं पटक जिते विम्बल्डन ओपनको उपाधि

    391
    SHARES


    काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले सातौं पटक विम्बल्डन ओपनको उपाधि जितेका छन् ।

    सेन्टर कोर्टमा आइतबार राति भएको फाइनलमा जोकोभिचले एक सेटले पछि परेको अवस्थामा पुनरागमन गर्दै २७ वर्षीय निक किर्गियोसलाई हराए । जोकोभिचले किर्गियोसलाई ४-६ , ६-३, ६-४, ७-६ ले पराजित गर्दै च्याम्पियन बनेका हुन् ।

    ३५ वर्षीय सर्बियन खेलाडी जोकोभिचको यो २१औं ग्राण्ड्सलाम उपाधि हो र सर्वाधिक २२ पटक ग्राण्ड्सलाम जित्ने कीर्तिमान बनाएका राफायल नाडालभन्दा एकले मात्र पछि छन् ।

    जोकोभिचले लगातार चौथो पटक समग्रमा सातौं पटक विम्बल्डन ओपन जितेका हुन् । उनीभन्दा धेरै रोजर फेडेरले ८ पटक विम्बल्डन जितेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ