• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति समाचार सुदुरपश्चिम

    सुदूरपश्चिम प्रदेशको आधाबढि बजेट मन्त्री सोडारीको कब्जामा

    783
    SHARES


    धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको आधाभन्दा बढी बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि केन्द्रित गरी विनियोजन गरेको छ। जसकाकारण स्वास्थ्य, शिक्षा, आर्थिक विकास, मानव अधिकार संरक्षण, सुशासन लगायतका आधारभूत क्षेत्रमा बजेटको अनुपात घटेको छ।

    विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार सरकारले कूल बजेटको कम्तिमा १० प्रतिशत स्वास्थ्य क्षेत्रमा विनियोजन गरेको हुनुपर्छ। तर, सुदूरपश्चिम प्रदेशको आधा बजेट भौतिक पूर्वाधार विकासमन्त्री दिर्घबहादुर सोडारीको कब्जामा गएपछि सांसदले प्राप्त गर्दै आएको बजेट समेत कटौतिको अवस्थामा पुगेको प्रदेश सभा सदस्यको गुनासो छ।

    आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमा पूर्वाधारलाई आधाभन्दा बढी बजेट दिँदा प्रदेश सरकारको बजेट असन्तुलित बन्न पुगेको हो।

    प्रदेशका मन्त्रीहरुले आफ्नो क्षेत्रमा मात्र बजेट हालेर बजेटको सिद्धान्तविपरीत काम गरेको प्रदेश सभा सदस्य महेशदत्त जोशीको गुनासो छ। ‘सन्तुलित बजेट निर्माण हुन सकेको छैन। यसमा हाम्रो आपत्ति छ’ उनले भने, ‘सांसदले रिफारिस गरेका योजना आएनन्, दलालमार्फत बजेट आएको छ। उनीहरुका एजेन्टले बजेट ल्याएका छन्।’ सांसदले सिफारिस गरेका योजना कटौति गरेर मन्त्रीहरुले आफूअनुकुलका योजना बजेटमार्फत ल्याएको उनले आरोप लगाए।
    प्रदेशको बजेट अनुत्पादक क्षेत्रमा बढी राखेले सरकारले बजेटमाथि छलफल समेत चलाउन सकेको छैन। बजेटमाथि सांसदहरुले नै असन्तुष्टी राख्दै आएपनि सदन चल्न समेत सकेको छैन। यो चुनावी वर्ष भएकाले कार्यकर्ता पोस्न विभिन्न योजनाहरुको बजेट कटौति गरेर भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि आधार बजेट विनियोजन गरिएको अर्का प्रदेश सभा सदस्य गेल्बुसिंह बोहराले बताए।

    ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायत क्षेत्रमा बजेट विनियोजन भए खान नपाइने भएपछि यी क्षेत्रको बजेट कटौति गरेर चुनावमा कार्यकर्ता पोस्न आधा बजेट कब्जा गरिएको देखिन्छ’ उनले भने।

    आर्थिक मामिलामन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ६३ लाख ६५ हजारको बजेटमा प्रदेश सभामा पेश गरेका थिए। जसमा चालुतर्फ १२ अर्ब २९ करोड ५९ लाख ८४ हजार र पुँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार विनियोजन गरेका गरिएको छ। पूर्वाधार निर्माणका लागि मात्र ५ अर्ब ६० करोड ११ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

    सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालय एक्लैका लागि आधा अर्थात १८ अर्ब २६ करोड ६३ लाख ४६ हजार विनियोजन गरिएको छ। यो कूल विनियोजित बजेटको ४९ दशमलव ७१ प्रतिशत हो।

    कृषिलाई पहिलो प्राथमिकतामा राखिएको दाबी गरिएपनि कृषि मन्त्रालयका लागि ३ अर्ब १० करोड मात्र विनियोजन गरिएको छ। उद्योग र पर्यटनलाई दोस्रो प्राथमिकतामा राखिएको भनिएपनि पर्यटन क्षेत्रमा स–साना मन्दिर निर्माणमा बजेट केन्द्रित छ।

    पर्यटन मन्त्रालयमा मन्दिर निर्माण तथा मर्मतका नाममा ५ देखि १० लाखका २ सय ९५ योजना छन्। स्वास्थ्य, निःशुल्क औषधि वितरण, छात्रवृत्ति, बालबालिका कुपोषण रोकथाम, कृषिमा आयाअर्जन, उत्पादनसँग जोडिएका कार्यक्रम तथा मातृशिशु बचाउ कार्यक्रमको समेत बजेट कटौति गरेर मठमन्दिर चर्च र गुम्बामा बजेट खन्याउने काम भएको छ।

    भौतिक पूर्वाधार विकासमन्त्री दिर्घबहादुर सोडारीले भने अर्थमन्त्रालयले बजेट विनियोजन गरेकाले यसमा आफ्नो कुनै टिप्पणी नभएको प्रतिक्रिया छ। ‘यसमा मेरो कुनै हात छैन। बजेट अर्थमन्त्रालयले विनियोजन गरेको हो। मेरो भन्दा यसमा अरुको धारणा के छ भन्ने महत्वपुर्ण विषय हो’ उनले भने।

    तर प्रदेश सांसद डिल्लीराज पन्तले बजेट अस्वभाविक रुपमा विनियोजन भएको तर्क गरका छन्े। प्रदेशको हितमा बजेट विनियोजन नभएको उनले बताए। दिनेशखबर

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ