• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    श्रीलङ्का : राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिएसम्म भवन कुरेरै बस्ने प्रदर्शनकारीकाे अडान

    267
    SHARES


    काठमाडौँ। श्रीलङ्कामा प्रदर्शनकारीहरूले राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिएसम्म कब्जा गरेको राष्ट्रपति र प्रधानमन्त्रीको निवास नछाड्ने अडान लिएका छन् ।

    विगतमा पनि राजीनामा दिने भन्दै ढाँटेकाले अब उनीहरूको राजीनामा नआएसम्म निवास नछाड्ने प्रदर्शनकारीहरूले अडान लिएका बीबीसीले जनाएको छ ।

    प्रदर्शनकारीहरूले हिजो शनिवारदेखि राष्ट्रपति भवन कब्जामा लिएका छन् भने प्रधानमन्त्रीको निवासमा पनि आगजनी गर्नुको साथै कब्जामा पनि लिएका छन् ।

    आज आइतवार बिहान मात्रै राष्ट्रपति गोटाबाया राजापाक्षेले आउँदो बुधवार राजीनामा दिने सन्देश पठाउनुभएको छ ।

    यस्तै प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि संयुक्त सरकार बनाउन आफू तयार रहेको बताउनुभएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ