• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    श्रीलङ्कामा राष्ट्रपति गोटोबायाको राजीनामा मागगर्दै प्रदर्सन

    446
    SHARES


    काठमाडौँ। श्रीलंकाको राजधानी कोलम्बोमा प्रदर्शनकारीहरू शनिबार राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवासमा प्रवेश गरेका छन् । निवास प्रवेश गर्ने क्रममा प्रदर्शनकारीले ‘गोटो गो होम’को नारा लगाएका थिए । समाचार अनुसार प्रदर्शनकारी आवासीय निवासमा प्रवेश गर्नुअघि राष्ट्रपति राजापाक्षे सुरक्षित स्थानमा सरिसकेका छन् । यद्यपि उनी कहाँ गएका छन् भन्ने केही बताइएको छैन । कोलम्बोमा अहिले स्थिति तनावपूर्ण रहेको  छ ।

    प्रदर्शनकारीले राष्ट्रपति गोटोबाया राजापाक्षे वर्तमान संकटको लागि जिम्मेबार भन्दै उनको राजीनामा माग गरिरहेका छन् । यसअघि प्रधानमन्त्री पदमा आसिन गोटाबायाका दाई महिन्दा राजापाक्षले विरोधपछि राजीनामा दिएका थिए ।शनिबार बृहत प्रदर्शन आह्वान गरिएको थियो । सडकमा उत्रिएका आन्दोलनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायर गरेको समाचार एजेन्सीले लेखेका छन् । यसबाट केही घाइते भएपनि भिडलाई त्यसले खासै प्रभाव पार्न सकेको छैन ।

    यसबीच, देशका प्रधानमन्त्री रनिल विक्रमबहादुरले विभिन्न पार्टी नेताहरु सम्मिलित आकस्मिक बैठक बोलाएका छन् । श्रीलंकामा लामो समयदेखि मूल्यवृद्धि र अत्यावश्यक वस्तुको अभावको विरोधमा प्रदर्शन भइरहेको छ । शनिबारको प्रदर्शनमा सहभागी हुन देशका विभिन्न भागबाट मानिसहरु कोलम्बो पुगेका छन् । श्रीलंका अहिले स्वतन्त्रता यताकै सबैभन्दा ठूलो आर्थिक संकटको सामना गरिरहेको छ । देशमा पेट्रोल, खाद्यवस्तु र औषधिको चरम अभाव छ । दिउँसो एक बजेतिर आन्दोलनकारी राष्ट्रपतिको सरकारी निवासमा प्रवेश गर्न थालेका थिए । केही प्रदर्शनकारी मुख्य गेटमा चढेर निवासभित्र प्रवेश गरेका थिए । प्रदर्शनस्थलमा सेना पनि तैनाथ गरिएको छ ।

    भीड राष्ट्रपति भवन प्रवेश गर्नुअघि प्रहरीले अश्रु ग्यास तथा हवाई फायर गरेको थियो । भिडियो फुटेजहरुमा अश्रुग्यास प्रहारबाट घाइते मानिसहरू अस्पताल लाँदै गरेको देखिएका छन् । यसैबीच, श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले नयाँ परिस्थितिबारे छलफल गर्न सर्वदलीय आकस्मिक बैठक बोलाएका छन् । उनले संसदको अधिवेशन बोलाउन सभामुखलाई आग्रह समेत गरेका छन् ।

    शनिबारको प्रदर्शनलाई विपक्षी दल, ट्रेड युनियन, विद्यार्थी र किसान संगठनले पनि समर्थन गरेका छन् । राजधानी कोलम्बो र आसपासका क्षेत्रमा हुन लागेको यो र्‍यालीअघि सरकारले शुक्रबार राति ९ बजेदेखि कर्फ्यू लगाएको थियो । शुक्रबार राति ९ बजेदेखि अर्को आदेश नभएसम्मका लागि यो कर्फ्यु लगाइएको अधिकारीहरूले बताएका छन् । प्रशासनले सर्वसाधारणलाई घरभित्रै बस्न र बाहिर ननिस्कन आग्रह गरेको छ । विरोध र्‍यालीमा हिंसा हुन नदिन प्रशासनले हजारौं सेना र प्रहरी परिचालन गरेको छ ।

    श्रीलंकामा विदेशी मुद्रा सञ्चितिको तीव्र र्हासका कारण देशमा आर्थिक संकट उत्पन्न भएको हो । सरकारको आर्थिक कुव्यवस्थापन र कोरोना महामारीको प्रभावका कारण यस्तो अवस्था आएको धेरैले आरोप लगाएका छन् । वैदेशिक विनिमय सञ्चितिको अभावका कारण श्रीलंकाले तेल, खाद्यवस्तु र औषधिलगायत अत्यावश्यक वस्तु आयात गर्न नसकेपछि यस वर्षको मे महिनामा इतिहासमै पहिलोपटक ऋणको किस्ता तिर्न असफल भएको हो ।

    श्रीलंकाले हाल अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट करिब ३.५ अर्ब डलरको अनुदान रकम खोजिरहेको छ । जसको लागि कोष र श्रीलंकाली सरकारबीच वार्ता चलिरहेको छ । श्रीलंका सरकारले यसवर्ष आईएमएफ लगायत अन्तर्राष्ट्रिय समुदायबाट ५ अर्ब डलरको सहायता आवश्यक रहेको बताएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ