• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेपालकै पहिलो चिकित्सा सङ्ग्रहालय स्थापना हुने

    276
    SHARES


    काठमाण्डाै। वाग्मती प्रदेश सरकारको सहयोगमा काठमाण्डाैमा नेपालकै पहिलो चिकित्सा सङ्ग्रहालय स्थापना हुने भएको छ ।

    सङ्ग्रहालय स्थापनाका लागि प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

    नेपाल चिकित्सक सङ्घसँगको सहकार्यमा सङ्ग्रहालय स्थापना गर्न लागिएको हो । सङ्घको केन्द्रीय कार्यालय भृकुटीमण्डपमा सङ्ग्रहालय स्थापना गर्ने निर्णय भएको वाग्मती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

    सङ्ग्रहालयमा नेपालको चिकित्सा इतिहास झल्कने सामग्रीको सङ्ग्रह गरिनेछ । सङ्ग्रहालयमा पुराना औजार, चिकित्सा उपकरण लगायत सामग्री राख्ने तयारी रहेको छ । नेपालमा प्रयोग भएको पहिलो अल्ट्रासाउन्ड, इसिजी, माइक्रोस्कोप लगायत सामग्री सङ्ग्रहालयमा राखिने सङ्घका अध्यक्ष डा लोचन कार्कीले बताए । स्वास्थ्यसम्बन्धी यस्ता ऐतिहासिक सामग्रीको खोजी भइरहेको छ । केही सामग्री पाइएको छ भने केही सामग्रीको खोजी अहिले पनि जारी नै रहेको सङ्घले जनाएको छ ।

    नेपालमा पहिले लेखिएका प्रेस्क्रिप्शन, तस्बिर, सङ्घका निर्णय पनि सङ्ग्रहालयमा राखिने जनाइएको छ । सङ्ग्रहालयले स्वास्थ्य पर्यटन प्रबर्द्धनमा पनि सहयोग पुग्ने आशा गरिएको छ । प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले खेलकुद, स्वास्थ्यलगायत पर्यटन प्रबर्द्धनका काम गरिरहेको बताएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ