• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विचार-ब्लग

    वैज्ञानिक समाजवादका आधार र कार्यभारहरु

    1.1K
    SHARES


    “समाजवाद स्वप्नद्रष्टाहरुको मनगढन्ते कुरा होइन, यो त आधुनिक समाजमा उत्पादक शक्तिहरुको विकासको अन्तिम उद्देश्य एवम् अनिवार्य परिणाम हो ।” -माक्र्स-एङ्गेल्स, संकलित रचनाहरु (खण्ड-१ पृष्ठ-१५)

    बिषय प्रवेश
    मनिसद्धारा मानिसमाथि हुने सम्पूणर्खालका शोषणको पूणर् अन्त्य गर्ने राजनीतिक आर्थिक सामाजिक प्रणाली नै वैज्ञानिक समाजवादी प्रणाली हो । यो कम्युनिष्ट समाजको पहिलो व्यवस्था हो । यस्ले वर्गको विलोपीकरणको आधार तयार पार्दै राज्यको औचित्य नै समाप्त पारिदिन्छ । अर्को तरिकाले भन्दा समाजवाद एउटा यस्तो राजनैतिक, आर्थिक व्यवस्था हो, जसले पुँजीवादको लुटको साम्राज्यलाई चिहानघाटमा पुर्‍याएर साम्यवादको ढोका खोल्दछ । देशको सम्पुणर् उत्पादनको स्रोत र साधन सरकारको अधिनमा हुनुपर्दछ, समाजमा भएको आर्थिक असमानता हटाई समानता ल्याउनु पर्दछ, सबैले मिलेर श्रम गर्दै उत्पादनका हरेक साधनहरुमा साझा अधिकार हुनुपर्दछ भन्ने राजनीतिक सिद्धान्त हो समाजवाद । यो माक्र्सवाद अन्तर्गतको एक संघटक अंग हो ।

    पुँजीवाद हुँदै साम्यवादसम्म पुग्नको लागि समाजवादले एक संक्रमणकालिन व्यवस्थाको काम गर्दछ । विश्वमा धेरै प्रकारका समाजवादको व्याख्या भए पनि मुख्य रुपमा दुईखाले समाजवादको चर्चा अलि बढी नै भएको पाईन्छ । पहिलो काल्पनीक समाजवाद, जसले रिभोलुसन भन्दा इभोलुसनमा बढी विश्वास गर्नुका साथै भौतिक जगतमा भैरहेको विकास अर्थात स्वतः स्फुर्त (क्रमवद्ध) विकासबाट समाजवादमा पुग्ने कल्पना गर्दछ । यस्तो खालको समाजवाद निर्वाचन, शान्तिपुणर् प्रतिस्पर्धा, सुधारवाद, शंसोधनवाद हुँदै अन्ततः पुँजीवादमा पुगेर टुङगिन्छ ।

    विनासंघर्ष समाजवादमा पुग्ने कल्पना गर्ने थोमस मुर्रे, सेन्ट साइमन, चाल्र्स पुरे र रोवट ओवेनले कल्पना गरेको काल्पनिक समाजवादलाई माक्र्सवादीहरुले भडुवा विकासवाद भन्ने गरेका छन् । दोस्रो वैज्ञानिक समाजवाद, जसले वस्तुगत जगतका विभिन्न र विशिष्ट मोडहरुमा वस्तु रुपान्तरणका निम्ति चेतनाको विशेष भूमिकालाई स्वीकार्दै, समाज परिवर्तन गर्न क्रान्तिकारी सचेत वर्गको महत्वपुणर् संघर्षबाट मात्रै समाजवादमा पुग्न सकिन्छ भन्छ । कार्ल माक्र्स, एङ्गेल्स, लेनिन र माओद्धारा प्रतिपादित र विकास गरिएको वैज्ञानिक समाजवादमा भूमि मालिक र भूदास, पुँजीपति र मजदुर बीचको असमानताको अन्त्य गर्दै क्षमता अनुसारको काम काम अनुसारको दाम अनि आवश्यकता अनुसारको व्यवस्थापन हुन्छ ।

    माक्र्स-एङ्गेल्सका अनुसार पुँजीवादमा विद्येमान सामूहिक उत्पादन र व्यक्तिगत स्वामित्व एवं वितरण प्रणालीलाई अन्त्य गरी सामूहिक उत्पादन र स्वामित्व एवं सामूहिक वितरण प्रणाली स्थापित गरिने भएकोले यस्तो समाजवादलाई वैज्ञानिक समाजवाद भनिन्छ । वैज्ञानिक समाजवादमा आर्थिक हिसावले देशको सम्पूणर् अर्थतन्त्रको स्वामित्व पूणर्तः राज्यको मातहतमा हुने हुँदा उत्पादनका साधन, वस्तुको उत्पादन, नियन्त्रण, वितरण र व्यवस्थापन वस्तुवादी र वैज्ञानिक हुनजान्छ । हरेक कम्युनिष्ट पार्टीको अन्तिम उद्देश्य साम्यवाद हुने भएकोले त्यहाँ पुग्ने बाटो सरल र सहज नभई संघर्षपूणर् हुन्छ नै ।

    वर्गसंघर्षको बाटो नै समाजवाद र साम्यवादको एकमात्र विकल्प हुन सक्छ । यस्मा कम्युनिष्टहरुले पुँजीपतिहरुसँग संघर्ष गरेर मात्र पुग्दैन बरु उनीहरुमाथि पूणर् विजय प्राप्त गर्नु पर्दछ । यति गर्दा गर्दै पनि कहिलेकाही साम्यवादसम्म पुग्नको लागि गरिएको आन्दोलनलाई विषयान्तर गर्न पुँजीपतिहरुले पनि विभिन्न नामको समाजवादको पदावली प्रयोग गर्दछन् । जस्तो नेपालमा नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवाद प्रयोग गरेजस्तै । जुन साँचो अर्थमा समाजवाद नभई आफ्नो सत्तालाई टिकाईराख्न प्रयोग गरिने राजनीतिक हतियार मात्र हो । यो कुरा क्रान्तिकारी कम्युष्टिहरुले श्रमजीवी वर्ग वा आम जनतालाई बुझाउन अति आवश्यक हुन्छ ।

    विश्व कम्यनिष्ट आन्दोलनको १७४ बर्षे इतिहाँस र नेपालको कम्यनिष्ट आन्दोलनको ७४ बर्षे इतिहाँसलाई नियाल्दा वैज्ञानिक समाजवादको आवस्यक्ता दिनानुदिन बढ्दै गइरहेको छ । उत्पादक शक्ति र उत्पादन सम्वन्धमा आएको ब्यापक फेरवदल, विज्ञान र प्रविधिले गरेको अभूतपुर्व विकास र पँजीवादी व्यवस्थाले निम्त्याएका महासंकटहरुलाई हल गर्न स्वयम पुँजीवाद नै असफल भएका थुप्रै दृष्टान्तहरुले पँजीवादको असफलता र वैज्ञानिक समाजवादको अनिवार्यतालाई सन्निकट बनाइरहेको छ । यसो हँदा हँदै पनि आम श्रमजीवि वैज्ञानिक समाजवाद ल्याउन अग्रपंक्तिमा आएको देखिदैन ।

    यसो हुन पछाडि यत श्रमजीविहरु पुँजीवादको भ्रमजालमा छन् या त कम्युनिष्टहरुले चेतना सहितको जागरण भर्ने काममा ढिलाई गरिरहेका छन् । १९९० को सोभियत सत्ताको विघटन र १९९१ को उदारवादी अर्थतन्त्रको विजारोपण सँगै कम्युनिष्ट धुर्व केही रक्षात्मक देखिए पनि पुनः कम्युनिष्टहरु विजय हुने सम्भावनाहरु पनि उत्तीकै प्रवल देखिन्छ । जसरी १७ औं शताव्दीमा पोपले अधर्म, पाप र अपवित्रताको उद्घोष गरे पनि सामन्तवादका सम्राटहरु टिक्न सकेनन र अन्ततः आधुनिक पुँजीवाद उदायो, त्यसैगरी आज पुँजीवादले जस्तोसुकै भ्रमजाल छरेपनि यस्को अन्त्य र वैज्ञानिक समाजवादको उदय भएरै छाड्ने्छ । वैज्ञानिक समाजवाद आउने सैद्धान्तिक र वस्तुगत आधारहरु के हुन सक्छन् भन्नेबारे चर्चापरिचर्चा तल गरिएको छ ।
    १. पदार्थको जन्म र मृत्युको सार्वभौम नियम :

    संसारमा कुनै पनि वस्तुको जन्म हुन्छ भने त्यस्को मृत्य हुने कुरा पनि अनिवार्य छ वा जन्मसँगै मृत्युले पनि पछाइरहेको हुन्छ । यदि संसारमा केही निरपेक्ष सत्य छ भने त्यो हो मृत्यु । राजनीतिक हिसावले कुनै व्यवस्थाको उदय हुन्छ भने अवस्यमभावी त्यसकाे अन्त्य पनि हुन्छ नै । आज पुँजीवाद छ त्यो सुरुमै आएको व्यवस्था होइन । सबैभन्दा पहिला आदिम साम्यवाद आयो, त्यसपछि दासयुग जन्मियो र करिब ८ हजार बर्ष अस्तित्वमा रहयो । त्यसको पनि अवसान भयो । तत्पश्चात् सामान्ती व्यवस्थाले आफुलाई जन्म दियो र १५ सय बर्ष तामझाम सहित बाँच्ने प्रयत्न गरे पनि त्यसको मृत्यु भयो र त्यसको ठाउँ पुँजीवादले लग्यो । आज पुँजीवादले आफुलाइ जतिसुकै सिंगार पटार र भ्रमजाल छरे पनि आफुलाई अजम्मरी भने राख्न सक्दैन । करिब ५ सय बर्ष जति बुढो भएको पुँजीवादको जन्म जसरी भयो मृत्यु पनि अवस्यम्भावी हुँन्छ नै । त्यसैले पुँजीवादको जन्म जसरी भयो त्यसरी नै मृत्यु हुने कुरा विज्ञानसम्मत भएकोले वैज्ञानिक समाजवाद आउने पहिलो आधार नै जन्म र मृत्युको सार्वभौम नियमलाई मान्न सकिन्छ ।

    २. असफल पुँजीवाद (संकटग्रस्त पुँजीवाद) :
    वैज्ञानिक समाजवाद आउने अर्को आधार हो असफल पुँजीवाद वा संकटग्रस्त पुँजीवाद । कुनै पनि व्यवस्था टिक्ने वा नटिक्ने कुरा त्यसले वस्तुस्थिति वा परिस्थिति अनुकुल आफुलाई रुपान्तरण गर्न सक्यो वा सकेन भन्ने सवाल महत्वपूणर् हुन्छ । जसरी डाइनासोरहरुले प्रकृति र उनीहरु बिचको अन्तरविरोधलाई चिन्न नसक्दा लोप भए त्यसरी नै पुृँजीवादी व्यवस्थामा पुँजीपति वर्ग र श्रमजीवी सर्वहारा वर्ग बिच भैरहेको तिब्र अन्तरविरोध पुँजीवादले हल गर्न सक्ने सम्भावना नै देखिदैन । त्यसैले त पुँजीवाद असफल मात्र होइन मृत्युको डिलमा पुगिसक्यो । आज विश्वका ९९ प्रतिशत जनताको सम्पति बराबर १ प्रतिशत खर्वपतिहरुमा थुप्रिदै गएको छ ।

    जसले दिनप्रतिदिन श्रमजिवी वर्गलाई आक्रोशित तुल्याईरहेको छ । पुँजीवाद मुट्ठीभरका अर्वपति र खर्वपतिहरुको सर्वसत्ता बनिरहेको छ । अतिकेन्द्रित, अतिएकाधिकार र निगम पुँजीका कारण श्रमजीवी जनता र पुँजीपतिहरुका बिच संघर्ष चलिरहेको छ । म र मेरो भन्ने भावनाबाट निस्कन नसक्ने पुँजीवाद राजनीतिक रुपमा सत्ता र शक्तिमा विराजमान भए पनि यसले कहिल्यै पनि जनचाहना अनुरुप आफुलाई उभ्याउन सकेको छैन । पुजीवादले सदैव सेवा भन्दा बढी नाफालाई ध्यान दिने हुँदा यो अराजक, असहिष्णु मात्र छैन यो त चरम अमानविय पनि छ ।

    आज विश्वमा देखा परेका राजनितिक संकट, आर्थिक संकट, प्रयायवरणिय संकट र मानवीय संकटको जड भनेको पुँजीवाद हो । यसले माथि उल्लेखित संकटहरुको हल गर्ने सम्भावना नै देखिदैन । कोरोना महामारीसम्म आउँदा पुँजीवाद कति निल्र्लज र अमानविय रहेछ भन्ने कुरा स्वयं पुँजीवादको नाईके अमेरिका तथा युरोपियन देशहरुमा भएका घटनाक्रमहरुले पनि पुष्टि गर्दछ । नेपालमा शिक्षा, स्वास्थ्य, रोजगार, सञ्चार र सुरक्षामा हुने गरेका घटनाक्रमले पुँजीवाद कति निर्लज्ज र अमानवीय छ भन्ने कुरा पुष्टी हुन्छ । त्यस्कारण यस्ता खाले थुप्रै असफलता र संकटका कारण पुँजीवादको मृत्य सन्नीकट हुने र त्यस्को मृत्यको चिहानमा वैज्ञानिक समाजवाद आउने बलियो आधार हो संकटग्रस्थ वा असफल पुँजीवाद ।

    ३. अग्रगामी एवं क्रान्तिकारी शक्तिको उदय र सचेत पहल :
    पुँजीवादको विघटन र वैज्ञानिक समाजवादको उदय हुने तेस्रो आधार हो अग्रगामी एवम् क्रान्तिकारी शक्तिको उदय र सचेत पहल । मानव इतिहाँसमा जति पनि व्यवस्था परिवर्तनका आन्दोलन भएका छन् त्यसमा पुरानो वर्ग भन्दा नयाँ वर्ग नै बढी अग्रगामी एवम् क्रान्तिकारी हुने हुँदा जनताले नयाँ शक्तिलाई साथ दिएको इतिहाँस छ । पुरानो शक्तिले तत्कालिन समयमा देखा परेका अन्तरविरोधहरुलाई जनचाहना अनुरुप हल गर्न नसक्दा नै समाजमा क्रान्तिकारी शक्तिको उदय भएको छ । त्यसले सुव्यवस्थित र सचेत तरिकाले पुरानो व्यवस्थाको भण्डाफोर र नयाँ राजनीतिक व्यवस्थाको वकालत गर्दछ ।

    जब संघर्षमा पुरानो शक्ति भन्दा क्रान्तिकारी शक्ति शक्तिशाली, अग्रगामी र प्रगतिशिल हुन्छ तव पुरानो विघटन हुने र नयाँको विजय हुने गर्दछ । कुनै समय दास व्यवस्था भन्दा सामन्तवाद क्रान्तिकारी र अग्रगामी भएकै कारण दास व्यवस्थाको अन्त्य भएको थियो । त्यसैगरी सामन्तवादले पनि आफुलाई अग्रगामी देखाउन सकेन किन कि उसले तत्कालिन अन्तरविरोधहरुलाई सुव्यवस्थित तरिकाले हल गर्न सकेन । त्यसैले पुँजीवाद क्रान्तिकारी शक्तिको रुपमा आयो र उस्ले सचेत पहलमा सामन्तवाद माथी विजय प्राप्त गर्‍यो । समयक्रम अनुसार आज पुँजीवाद पुरानो मात्र भएन यसले विश्वमा देखापरेका महासंकटहरुलाई हल गर्न नसक्दा समाजवादीहरु वा क्रान्तिकारी शक्तिहरुको जन्म भैसकेको छ । किन कि पुँजीवाद भन्दा समाजवाद बहुआयामिक हिसाबले अग्रगामी, क्रान्तिकारी हुनुका साथै मानवीय पनि छ ।

    विश्वमा समाजवादी धुर्व बलियो, शक्तिशाली र संगठित रुपमा अगाडी बढीरहेकाले एकदिन विकृत र अमानविय पुँजीवादमाथी निणर्ायक विजय प्राप्त गर्नेमा कुनै शंका छैन । हामीले पुँजीवादलाई हेर्‍यौँ भने जताततै अशान्ति, हस्तक्षेप, लुटखसोट, युद्ध, विध्वंश मात्र देख्छौँ । यस्बाट के स्पस्ट हुन्छ भने पुँजीवाद मृत्युको सन्निकट पुगिसकेको छ र यस्का विरुद्ध लड्न अग्रगामी एवं क्रान्तिकारी शक्तिको उदय भैसकेको मात्रै होइन यसको विकास पनि तिव्र गतिमा भइरहेको छ । समय आएपछि यो क्रान्तिकारी शक्तिको सचेत पहलकदमीमा पुँजीवादको अन्त्य अवस्य हुनेछ र वैज्ञानिक समाजवादको युग प्रारम्भ हुनेछ ।

    ४. वैज्ञानिक विचार सहितको सामुहिक अर्थ-राजनीतिक सम्बन्ध :
    वैज्ञानिक समाजवाद पुँजीवादभन्दा हजारौँ गुणा वैज्ञानिक विचार र यसको सामुहिक अर्थ-राजनीतिक सम्बन्ध भएको कारणले यो शक्तिशाली भइरहेको छ । वैज्ञानिक समाजवादसँग मानवजातिले भोग्नु परेका राजनीतिक, आर्थिक, सामाजिक समस्या, दुःख कष्ट वा थुप्रैखाले विभेदहरुलाई बुझ्ने र त्यसको समाधान गर्ने वैज्ञानिक दृष्टिकोण वा विचार छ । जनताले न्याय समानता र स्वतन्त्रता खोज्दा पुँजीवादले युद्धको बलमा जनतामाथी शासन गर्न खोज्दछ तर वैज्ञानिक समाजवाद हरेक नागरिकलाई बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्दछ । पुँजीवादले जतिसुकै युद्ध थोपरे पनि त्यो आफुलाई बचाइराख्ने उत्तम विकल्प हुनै सक्दैन । पुँजीवाद अतिकेन्द्रित, अति एकाधिकारको नितिअनुरुप चलिरहेको छ ।

    विश्वमा १% का विरुद्ध ९९% लडिरहेको अवस्था छ । पुँजीवादले मै खाउँ, मै लाउँ, सुख सयल मोज मै गरुँ भन्छ तर समाजवादले म बाट हामीको भावना राखेर सामुहिक फाइदा वा प्रकृति र मानवीय फाइदालाई प्रोत्साहित गर्दछ । वैज्ञानिक समाजवादको सामुहिक अर्थसम्बन्ध हरेक समाज र जनताविच लोकप्रिय भैरहेकोले पुँजीवादी अर्थ सम्बन्धको विघटन निश्चित प्रायः देखिन्छ । मुनाफामा आधारित पुँजीवादी व्यवस्था सदैव अतिरिक्त श्रमको मुल्य खोज्ने सर्वहारा वर्गको विरुद्धमा खडा हुन्छ र त्यहि अन्तरविरोधमा वर्गसंघर्ष हुन्छ र समाजवादी व्यवस्थाको जन्मको निम्ति मजवुद आधार बन्दछ । प्रकृति विज्ञान र समाजविज्ञानमा देखा परेका हरेक समस्याको हल गर्ने वैज्ञानिक विचार भएकै कारण र नीजि अर्थ व्यवस्थाको सट्टा सामुहिक अर्थ व्यवस्था भएका कारण नै वैज्ञानिक समाजवाद आउने मजवुद आधार हुन सक्छ वैज्ञानिक समाजवादको वैज्ञानिक विचार सहितको सामुहिक अर्थ राजनीतिक सम्बन्ध ।

    वैज्ञानिक समाजवादका कार्यभारहरु
    पुँजीवादको अवसान र समाजवादको उदय निश्चित छ । कम्युनिष्टहरुले भन्ने गरेको समाजवाद के कति कारणले वैज्ञानिक छ । यो व्यवस्था आएमा पुँजीवाद भन्दा के कति कारणले समाजवाद भिन्न हुन्छ र यस्का के कस्ता कार्यभारहरु हुन्छन वा वैज्ञानिक समाजवाद आएमा के कस्ता कामहरु हुन्छन् भन्ने बारेमा तल ब्याख्या गर्ने प्रयत्न गरिएको छ ।

    १. समाजमा भएका सम्पूणर्खाले वर्गीय विभेदको अन्त्य गर्दछ ।
    सन १८४८ को कम्युनिष्ट घोषणापत्रमा क. माक्र्स र एंगेल्सले लेखेझैँ समाजमा वर्ग हुन्छन, जबसम्म वर्ग रहन्छन त्यहाँ वर्गसंघर्ष हुन्छ र त्यो वर्गसंघर्षले या त समाजको क्रान्तिकारी रुपान्तरण गर्दछ या त स्वयमको बिनास । पुँजीवादमा वर्गको निर्धारण पँुजी वा सम्पक्तिले गर्दछ । हुनेखानेहरुको जीन्दगी आलीशान र वैभवशाली हुन्छ भने हुँदाखानेहरुको जीन्दगी दःख, कष्ठ, पिडा र अभावमा व्यथित भईरहेको हुन्छ । पुँजीवादले वर्गीय सत्ताको रक्षाको लागि सम्पूणर् हत्गण्डा अपनाउछ भने समाजवादले वर्गविहिन समाजको कल्पना गर्दछ । समाजमा सबै नागरीकहरु समान रुपमा राज्यको अभिभावकत्वमा रहने हुँदा त्यहाँ वर्गीय सत्ताको महसुस नै हँुदैन । तसर्थ वैज्ञानिक समाजवादले सबै खाले वर्गीय असमानताको पूणर् अन्त्य गरेर आप्mनो पहिलो कार्यभार पुरा गर्दछ ।

    २. वर्गविभेदले सिर्जना गरेका उत्पादन सम्बन्धको अन्त्य गर्दछ ।
    एक लाईनमा भन्ने हो भने माक्र्सवाद निजी सम्पत्तिहरुको पूणर् अन्त्य हो । पुँजीवाद वर्गीय व्यवस्था भएकोले त्यहाँ हुँनेखाने वर्गमा नै सम्पूणर् सम्पक्तिको केन्द्रीकरण हुन्छ । जस्तो विश्वमा ९९ प्रतिशत बराबरको सम्पक्ति १ प्रतिशतमा थुप्रिएको छ । समाजवादले जब वर्गीय बिभेदको अन्त्य गर्दछ त्यहाँ निजी स्वामित्वको अन्त्य हुन्छ नै । निजी स्वामित्वको अन्त्य हुने भनेको सार्वजनिक वा सामुहिक स्वामित्वको प्रर्वद्धन हँुनु हो । यसबाट के स्पस्ट हुन्छ भने वर्गीय विभेदले सृर्जना गरेका उत्पादन सम्बन्ध त्यो भनेको निजी स्वामित्वको अन्त्य गर्ने काम वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र सम्भव हुन्छ अनि मात्र हरेक नागरीकलाई समान अधिकार हुन्छ । त्यसैले उत्पादन सम्बन्धको अन्त्य नै वैज्ञानिक समाजवादको दोस्रो कार्यभार हो ।

    ३. निजी उत्पादन सम्बन्धबाट पैदा भएका सामाजिक सम्बन्धको अन्त्य गर्दछ ।
    बिद्येमान समाजमा जहिले पनि उत्पादन सम्बन्धहरुले सामाजिक सम्बन्धहरुको बिजारोपण गर्दछ । जब निजी स्वामित्वको कुरा आँउछ त्यहाँ सम्पक्तिको केन्द्रीकरण हुँन्छ र त्यसको जगमा वर्गको उत्पत्ति हुने गर्दछ । समाजमा जो अलि हुनेखाने वर्गका हुन्छन तिनीहरुले हुँदाखाने वर्गलाई थिचोमिचो, दमन र उत्पीडनमा राख्दछन् । त्यही उत्पीडनद्धारा समाजमा दलित, गैरदलित वा तल्लो जात माथिल्लो जात भनेर जबरजस्त भास्य तयार पारिन्छ । यी सबै गतिबिधी पँुजीवादले अमानवीय हिसाबले समाजमा गरिनै रहेको हुन्छ । जब वैज्ञानिक समाजवादले पँजीवादको ठाउँ लिन्छ त्यहाँ निजी उत्पादन सम्बन्धले पैदा गरेका सामाजिक सम्बन्धको पूणर्रुपमा समूल नष्ट गरिदिन्छ । त्यसपछि समाजमा दलित गैरदलित, र कथित जातव्यबस्थाको अन्त्य हुन्छ । त्यसैले निजी उत्पादन सम्बन्धवाट पैदा भएका सामाजिक सम्बन्धहरुको पूणर् अन्त्य गर्ने काम नै वैज्ञानीक समाजवादको तेस्रो कार्यभार अन्तर्गत पर्दछ ।

    ४. सामाजिक सम्बन्धबाट पैदा भएका बिचारहरुलाई क्रान्तिकारीकरण गर्दछ ।
    पुँजीवादले वर्गीय सत्ताभित्र सामाजिक सम्बन्धहरुको जामा लगाएर कथित तल्लो जात र माथिल्लो जातमा समाजलाई विभक्त पारी सत्ता टिकाईरहेको हुन्छ । कैयौँ सवालहरु रीतीरिवाज, धर्म र संस्कृतिको नाममा अगाडि बढाइएका हुन्छन् । विज्ञान र प्रविधीको जमानामा पनि धर्मको नाममा मानिसहरु पुष्टि नभएका अलौकिक चेतनाको पक्षपोषण गरिरहेका हुन्छन् । वैज्ञानिक समाजवादले ति सबै अवैज्ञानिक र अमानविय बिचारहरुलाई प्रयोगद्धारा सिद्ध गरि विज्ञानसम्मत बाटोमा डोर्‍याउछ या परम्परागत बिचारहरुलाई क्रान्तिकारीकरण गर्दछ । यो नै वैज्ञानिक समाजवादको अर्को कार्यभार हुन्छ ।

    ५. साम्यवादी व्यवस्थाको लागि प्रशस्त आधार तयार पार्दछ ।
    संसारका सबै कम्युनिष्टहरुको अन्तिम लक्ष्य भनेको समाजवाद हुँदै साम्यवादी व्यवस्थामा पुग्ने हो । समाजवाद यस्तो व्यवस्था हो जस्ले चरम सम्बृद्धिको आधार तयार पार्ने गर्दछ । जब आर्थिक हिसाबले समाज सम्पन्न हुन्छ तब मात्र यस्ले अग्रगामी बाटो समातेर अगाडि बढ्न सक्छ । पुँजीवादले सृर्जना गरेका नकारात्मक सवालहरुलाई पछाडि छोड्दै समाजवादले अगाडिको यात्रा तय गर्दछ र अन्ततः यस्ले साम्यवादको ढोका खोलीदिन्छ । त्यसैले वैज्ञानिक समाजवाद पँुजीवाद र साम्यवाद बिचको व्यवस्था हो जस्ले पँजीवादवाट साम्यवादमा संक्रमण हुनको लागि पुलको काम गर्दछ । तसर्थ वैज्ञानीक समाजवादले साम्यवादमा जानको लागि प्रशस्तै आधार तयार पार्ने एक अर्को महत्वपणर् कार्यभार पुरा गर्दछ ।

    अन्तमा आजको दनियामा देखा परेका नविनतम् अन्तरविरोधहरुलाई सही तरीकाले पहिचान गरेर मात्र हामीले सोचेको जनवादी क्रान्तिको कार्यभार सहितको समाजवादी क्रान्ति पुरा गर्न सक्छौँ । नेपालको चौतर्फी संकटको मुल कारण दलाल पुँजीवादी व्यवस्था हो । यो दलाल संसदीय पुँजीवादी व्यवस्थाको अन्त्य र त्यस्को चिहानमा वैज्ञानिक समाजवादी व्यवस्था खडा गर्न नै आजको अनिवार्य आवश्यक्ता हो ।

    यस्को लागि कार्यदिशा, कार्यनिति र कार्यक्रमको व्यवस्थित शृङ्खलासेट हुनुपर्दछ । यस्का साथै लाखौ कम्युनिष्टहरुको संगठनात्मक पहलकदमीमा करडौँ जनताको सहभागितामा हुने क्रान्तिले नै आमूल परिवर्तन सहितकोे वैज्ञानकि समाजवाद स्थापना गर्न सक्छ । यस्को लागि सबै वाम्पन्थी, प्रगतिशील, देशभक्त, राष्ट्रवादी र कम्युनिष्ट क्रान्तिकारीहरुले आ-आप्mनो ठाउँबाट पहलकदमी लिन आवश्यक देखिन्छ । अनि मात्र कम्युनिष्ट पार्टी र जनताको संयुक्त तागतले गर्ने क्रान्तिले नै संसदीय व्यवस्थाको अन्त्य गर्नुका साथै देशलाई स्वाधिन बनाउनेछ र हामी सार्वभौैम देशका स्वतन्त्र नागरीक हुनेछौँ ।
    २०७९ असार २१

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ