• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    जिल्ला न्यायाधीशमा नियुक्ति लिन इच्छुकसँग आवेदन आह्वान

    355
    SHARES


    काठमाडौँ। न्यायपरिषद्को शुक्रबारको बैठकले जिल्ला न्यायाधीशमा नियुक्ति लिन इच्छुक न्याय सेवाका उपसचिवहरुलाई सात दिनभित्र आवेदन दिन आह्वान गरेको छ । योग्यता पुगेका उपसचिव मध्येबाट सात दिनभित्र आवेदन माग गरी रोष्टर बनाउन न्याय परिषद्को बैठकले सचिवालयलाई निर्देशन दिएको हो ।

    कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाका अनुसार परिषद्को बैठकले जिल्ला न्यायाधीशको नियुक्ति लिन इच्छुक योग्यता पुगेका उपसचिवहरुलाई आवेदन दिन आह्वान गरिएको हो । प्राप्त आवेदनका आधारमा रोष्टर बनाई परिषद्समक्ष पेश गर्न सचिवालयलाई निर्देशन दिइएको छ ।

    संविधानको धारा १४९ को उपधारा २क बमोजिम कानुनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतहरुमध्येबाट ज्येष्ठता, योग्यता र कार्यक्षमताको मूल्यांकनको आधारमा नियुक्ति दिने प्रयोजनका लागि आवेदन माग गरिएको हो ।

    हाल जिल्ला न्यायाधीश पदमा २१ दरवन्दी रिक्त रहेको छ । केही समयअगाडि लिइएको खुल्ला परीक्षामा जम्मा २ जना अधिकृतहरु जिल्ला न्यायाधीश पदमा उत्तीर्ण भएका थिए ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ