• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने युवालाई ७ वर्ष कैद सजाय, दुई लाख जरिवाना

    275
    SHARES


    काठमाडौँ। गत वर्ष सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाको एक होटलमा लगेर राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्ने दुई युवालाई ७/७ बर्ष कैद सजाय र जनही दुई लाखका दरले जरिवाना तोकिएको छ । यौन दुर्व्यवहार गर्ने गुर्भाकोट–९ का चौमन घर्ती मगर र भूपेन्द्र बुण मगरलाई बिहीबार जिल्ला अदालत सुर्खेतका न्यायाधीश राजेन्द्र कुमार आचार्यको एकल इजलासले सो फैसला गरेको हो ।

    जिल्ला अदालतका सूचना अधिकारी उज्वल रावलले दुर्व्यवहार भएको होटलका सञ्चालक मनबहादुर पुनलाई पनि ३ बर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएको छ । जेल सजाय र जरिवाना तोकिएका तीनै जनालाई ०७८ जेठ २३ मा पक्राउ गरि असार १६ गते नै पुर्पक्षका लागि जेल चलान गरिएको थियो ।

    युवतीमाथि दुर्व्यवहार गर्ने युवाहरुले यौन दुव्र्यवहार गरको भिडियो बनाई सामाजिक सञ्जालमा फैलाएका थिए । उक्त भिडियो भाइरल भएपछि प्रहरीले तीनैजनालाई पक्राउ गरेको थियो । उनीहरुले उतिबेला नै प्रहरी समक्ष गल्ती स्वीकार गरेका थिए । तीनैजना विरुद्ध प्रहरीले किटानी जाहेरी दर्ता गरेर मुद्दाको प्रक्रिया अघि बढाएको थियो । बाहिरी समाजबाट टाढा, जंगलका कुना कन्दरामा जीवनयापन गर्दै आएको अल्पसंख्यक राउटे समुदायको आफ्नो रीति, परम्परा र संस्कृतिमाथिकै हमलाका रुपमा यो घटनालाई कतिपयले व्याख्या गरेका थिए ।

    राउटे युवतीलाई ललाई फकाई मदिरामा लिप्त बनाई गैरराउटे ती युवाले होटेलमा लगेर यौन दुर्व्यवहार गरेका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ