• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश

    ३९ प्रतिशत उद्योग मात्र पूर्ण उत्पादनमा, ठूला उद्योगहरु २३ प्रतिशतले वृद्धि

    359
    SHARES


    काठमाडौँ। कोभिड-१९ को प्रभाव हालसम्म ३९ प्रतिशत मात्र उद्योगहरु पूर्ण उत्पादनमा रहेको तथ्यांकले देखाएको छ ।

    शुक्रबार राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ जारी गरेको केन्द्रीय तथ्यांक विभागले यस अवधिमा चारवटै औद्योगिक क्षेत्र मध्ये ३९.९ प्रतिशत उद्योगहरूले मात्र उत्पादन क्षमताको पूर्ण उपयोग गरेको बताएको हो ।  औद्योगिक सर्वेक्षण अनुसार कुल उद्योगहरु मध्ये १८.७ प्रतिशत उद्योग प्रतिष्ठानहरुले उत्पादन क्षमताको ७५.९९ प्रतिशत, २९.१ प्रतिशत उद्योग प्रतिष्ठानहरुले उत्पादन क्षमताको ५०.७४ प्रतिशत, १०.३ प्रतिशत उद्योग प्रतिष्ठानहरुले उत्पादन क्षमताको २५-४९ प्रतिशत र बाँकी उद्योगहरूले २५ प्रतिशत भन्दा कम उपयोग गरेको देखिन्छ ।

    कोभिडका कारण बजार वा मागमा नै कमी आउनुका कारण ४६ प्रतिशत, कच्चा पदार्थको अपर्याप्तताका कारण १० प्रतिशत, स्रोतको कमीका कारण ८ प्रतिशत, सीपमुलक कामदारको अभावका कारण ८ प्रतिशतले उद्योग प्रतिष्ठानहरुले उत्पादन क्षमतामा ह्रास आएको तथ्यांकले बताएको छ । तर पनि समीक्षा अवधिमा करिब २३ प्रतिशतले ठूला औद्योगिक प्रतिष्ठानहरु वृद्धि भएको तथ्यांकले बताएको छ । यश अवधिमा औद्योगिक क्षेत्रका चारवटै औद्योगिक प्रतिष्ठानहरुमा करिब ६ खर्ब १९ अर्ब ५१ करोड मूल्य बराबरको स्थायी सम्पत्ति रहेको विभागले बताएको छ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ