• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सभामुख सापकोटाले बोलाए विशेष छानविन समितिको बैठक

    321
    SHARES


    काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले विशेष छानविन समितिका सदस्यहरुलाई बैठकमा बोलाएका छन् ।

    सभामुख सापकोटाले दिउँसो १ बजे बानेश्वरमा बैठकका लागि छानबिन समितिका सदस्यहरुलाई बोलाएको एकीकृत समाजवादीकी सांसद सरलाकुमारी यादवले जानकारी दिइन् । प्रतिनिधिसभाको बैठक बस्नुअघि छानविन समितिको बैठक बोलाइएको हो ।

    २ दिनअघि पदबाट राजीनामा दिएका अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न ११ सदस्यीय संसदीय विशेष छानविन समिति बनेको थियो । शर्माले बजेट निर्माण गर्दा अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई करको दर परिवर्तन गरेको आरोप लागेको छ । सो समितिले के कसरी काम गर्दैछ त्यसका लागि सभामुख सापकोटाले सहजीकरणका लागि बैठक बोलाएका हुन् ।

    छानविन समितिका एक सदस्य एमाले सांसद भानुभक्त ढकाल भने सहभागी हुने छैनन् । आफन्तकोमा बिहे परेका कारण आफूले सभामुखसँग बिदा मागेको उनले बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ