• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार सुदुरपश्चिम

    सुदूरपश्चिमको बजेट खर्च ६८ प्रतिशत आसपास हुने आनुमान

    336
    SHARES


    काठमाडौँ। सुदूरपश्चिम प्रदेशको चालू आर्थिक वर्षको बजेट खर्च ६८ प्रतिशतसम्म हुने अनुमान गरिएको छ । वैशाख महिनामा प्रदेश सरकारले ७० प्रतिशत आसपासका चालू आर्थिक वर्षको बजेट खर्च हुने अनुमान गरे पनि असार अन्तिमसम्म आइपुग्दा खर्च घट्न सक्ने अनुमान समेत गरिएको हो ।

    प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार बिहीबारसम्म सुदूरपश्चिममा ५३ दशमलव ४५ प्रतिशत मात्रै बजेट खर्च भएको छ । महालेखाको कार्यालयले २५ असार रातिसम्म मात्रै बजेट खर्च गर्न पाउने अख्तियारी दिएका कारण खर्च अनुपात अट्ने अनुमान गरिएको बताईएको छ  ।

    मूल्यवृद्धिका कारण काम गर्नसक्ने वातावरण नभएको भन्दै निर्माण व्यवसायीले काम गर्न छाडेर ‘होली डे’ मनाएका कारण खर्च घटेको प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव तुलसीप्रसाद भट्टराईले बताएका छन् । ‘बजेट खर्च घट्ने अन्य कारण पनि छन्,’ उपसचिव भट्टराईले भने, ‘तर प्रमुख कारण निर्माण व्यवसायीको ‘होली डे’ देखिएको छ, निर्माण कम्पनीले जेठ देखि काम नगर्दा बजेट खर्च हुन नसकेको हो  ।’

    उपसचिव भट्टराईका अनुसार बिहीबारसम्म प्रदेशमा कुल बजेटको ५३ दशमलव ४५ प्रतिशत आर्थात (१६ अर्ब २१ करोड ६४ लाख ३८ हजार ६ सय ९७ रुपैयाँ) खर्च भएको छ । जसमध्ये चालूतर्फ ६४ दशमलव ९४ प्रतिशत (६ अर्ब ९२ करोड, ८४ लाख, ६८ हजार ८२ रुपैयाँ) र पुँजीगततर्फ ४६ दशमलव ४९ प्रतिशत (८ अर्ब २० करोड ७३ लाख ६८ हजार ७ सय ७४ रुपैयाँ) खर्च भएको उपसचिव भट्टराईले जानकारी दिएका छन्।

    उनका अनुसार चालू आर्थिक वर्षको २३ असारसम्म विकासे मन्त्रालयमध्ये सामाजिक विकास मन्त्रालयले सबैभन्दा बढी बजेट खर्च गरेको छ भने भौतिक पूर्वाधार मन्त्रालयले सबैभन्दा कम बजेट खर्च गरेको पाइएको हो ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ