• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    कर्णाली समाचार

    कर्णालीका बालबालिकामा कुपोषणको समस्या बढ्दै

    333
    SHARES


    काठमाण्डाै। कर्णाली प्रदेशका  बालबालिकामा कुपोषणको समस्या बढ्दै गएको छ । प्रदेशका १० जिल्लामा सरकारले कुपोषण हटाउनका लागि विभिन्न कार्यक्रम गरेपनि बालबालिकाको स्वास्थयमा सुधार आएन।

    कर्णाली स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार कर्णालीका १० जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा ६५४ अस्पतालमा कुपोषण भएर २० हजार ९२ बालबालिका भर्ना भएका थिए ।

    निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा दैलेखमा मात्रै ५ सय ७८ र सुर्खेतमा ४ सय बालबालिका कुपोषण लागेर अस्पताल भर्ना भएका थिए । मुगुमा चालु आर्थिक वर्षमा ९१ बालबालिकामा कुपोषण देखिएको छ । जाजरकोटको बारेकोटमा मासिक आठदेखि १० बालबालिकामा कुपोषण देखिने गरेको छ ।

    बारेकोटमा गएको वर्ष कुपोषणका कारण दुई जनाको ज्यान पनि गएको बारेकोट लिम्सामा रहेकाे स्वास्थ्य संस्थाकी स्वास्थ्यकर्मी कल्पना रोकायले बताईन् । कालीकोट, जाजरकोट, मुगुलगायत कर्णालीका बालबालिकामा कुपोषणबाहेक रक्तअल्पता, ख्याउटेपन र कम तौलको समस्या बढेको छ ।

    कर्णालीमा १५ देखि ४९ वर्ष उमेरका ३५ प्रतिशत महिला र ४८ प्रतिशत बालबालिकामा रक्तअल्पता भएको पाइएको छ । बहुक्षेत्रीय पोषण योजनाका प्रदेश समन्वयकर्ता मानबहादुर कुँवरका अनुसार २०८७ सालसम्ममा सबै पालिकालाई पोषणमैत्री बनाउने उद्देश्य राखिएको छ ।

    कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णालीका ४८ प्रतिशत महिलामा रक्तअल्पताको समस्या रहेको छ । पाँच वर्षमुनिका ५५ प्रतिशत बालबालिका अधिक पोषण, न्यून पोषण, मोटोपन, पुड्केपन, ख्याउटे, कम तौल र सुकेनासजस्ता समस्याबाट ग्रसित  भएका छन् । कर्णालीमा पाँच वर्षमुनिका ३६ प्रतिशत बालबालिका कम तौलका छन् भने ५५ प्रतिशत बालबालिकामा पुड्कोपनको समस्या रहेकॊ छ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ