• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    उपराष्ट्रपति पुनसँग भारतीय राजदूत श्रीवास्तवको भेट

    330
    SHARES


    काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले भेट गरेका छन् ।

    बिहीबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृहमा उपराष्ट्रपति पुनलाई भारतीय राजदूत श्रीवास्तवले भेट गरेका हुन् । भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

    भेटमा उपराष्ट्रपति पुनले नेपाल र भारतको सम्बन्ध विशिष्ट प्रकारको रहेको बताए । भेटमा उपराष्ट्रपतिले नेपालको सरोकारमा भारतको सहयोग र सद्भावको खाँचो रहेको बताउँदै व्यापार घाटामा नेपाल उच्च रहेकाले सन्तुलनका लागि भारतको भूमिका महत्वपूर्ण हुने बताए ।

    उपराष्ट्रपतिसँगको भेटमा भारतीय राजदूत श्रीवास्तवले नेपाल भारतको असल छिमिकी मित्र भएको बताए ।

    उनले नेपालसँग भारतको विशिष्ट सम्बन्ध रहेकाले दुई देशका साझा सवालमा सहकार्य गर्नुपर्ने बताए । आफ्नो कार्यकालमा नेपाल भारत सम्बन्धलाई थप सुदृढ् गर्ने प्रयास गर्ने उनको भनाइ थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ