काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल–चीन लगानी सम्मेलनका लागि वेइजिङस्थित नेपाली दूतावाससँग सहयोग माग गरेका छन् । बिहीबार राजधानीमा जनवादी गणतन्त्र चीनका लागि नवनियुक्त राजदूत विष्णु पुकार श्रेष्ठसँग भेट गर्दै ढकालले यस्तो आग्रह गरेका हुन् ।
महासंघले सम्मेलनलाई प्रमुख प्राथमिकतामा राखी आयोजना गर्न चाहेकाले त्यहाँ रहेर आवश्यक सहयोग गरिदिन आग्रह गरेका हुन् । नेपालमा चिनियाँ लगानी प्रवद्र्धन गर्न आवश्यक रहेको बताउँदै कार्यवाहक अध्यक्ष ढकालले सोका लागि समेत विशेष प्रवन्ध मिलाइदिन नवनियुक्त राजदूतसँग आग्रह गरे ।
कोभिडपछि आएको विश्वव्यापी मन्दीको परिवेशमा नेपालको बैंकिङ प्रणालीमा टेवा पुर्याउन पनि चिनिया लगानी ल्याउने कार्यमा हाम्रो कुटनीति सक्रिय रुपमा लाग्नु पर्ने उनको सुझाव थियो । कार्यवाहक अध्यक्ष ढकालले नेपाली वस्तुहरुको चीनमा निर्यात प्रवद्र्धन गर्ने कार्यमा र नेपालमा चिनियाँ पर्यटन बढाउन राजदूतावासको सहयोगको अपेक्षा निजी क्षेत्रले गरेको बताए ।
कार्यवाहक अध्यक्षले महासंघ र अखिल चीन उद्योग वाणिज्य महासंघ र अन्तराष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चिनिया परिषदबीच प्रगाढ सम्बन्धलाई थप उपलब्धिमूलक बनाउनुपर्नेमा जोड दिए । सो भेटमा नवनियुक्त राजदूत श्रेष्ठले आफ्नो सक्दो सहयोग रहेन प्रतिवद्धता जाहेर गरे ।
प्रतिक्रिया