• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    रुसले चीन र भारतलाई मात्र २४ अर्ब डलरको इन्धन बेच्यो

    318
    SHARES


    काठमाडौँ। रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछिका तीन महिना चीन र भारतलाई मात्र २४ अर्ब डलरको तेल बेचेको पछिल्लो भन्सार तथ्यांकले देखाएको छ । सोही युद्धको कारण तेलको मुल्य बढेकाले पश्चिमी प्रतिबन्धको बावजुद रुसको आय नघटेको पाइएको छ ।

    युक्रेनमा युद्ध सुरु भएपछि तीन महिनामा चीनले रुसी तेल, ग्यास र कोइलामा १८.९ अर्ब डलर खर्चियो । उता भारतले यस अवधिमा ५.१ अर्ब डलरको रुसी खनिज इन्धन भित्र्यायो, जुन अघिल्लो वर्षको भन्दा पाँच गुणा बढि हो । चीन र भारतले रुसबाट सन् २०२१ मा सोही अवधिको भन्दा १३ अर्ब डलर बढि रकमको खनिज इन्धन खरिद गरेका छन् ।

    चीन र भारतले रुसी इन्धन खरिद वृद्धि गर्दा अमेरिका लगायत अन्य पश्चिमी देशले उबाट इन्धन खरिद रोक्कालाई भरपाई गर्न सघाउ पुगेको छ । अमेरिका लगायत पश्चिमी मुलुकले रुसी तेलमाथि प्रतिबन्ध लगाएपछि अन्य वैकल्पिक आपूर्तिको मुल्य बढ्दा ती मुलुकको अर्थतन्त्र आर्थिक मन्दीको जोखिममा परेका छन् ।

    युरोपले रुसी इन्धन खरिद घटाउँदै लगेको भए पनि हालसम्म उसले चीन र भारतले भन्दा बढि परिणामको इन्धन खरिद गरिरहेको छ । रुसले चीन र भारतसँग दीर्घकालिन रणनीतिक तथा व्यापरिक सम्बन्ध छ । उसले यी मुलुकले किन्ने इन्धनको परिणाम बढाउनका लागि भारी छुट दिनदेखि ती देशका मुद्रामा भुक्तानी स्वीकार्ने जस्ता सहुलियत दिइरहेको छ ।
    छुटले इन्धनको विक्री परिणाम ह्वात्तै बढेकाले रुसलाई फाईदा नै भईरहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ