• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति विशेष

    संसद बैठक रोकेर सभामुखसँग परामर्श

    368
    SHARES


    काठमाडौं । प्रतिनिधि सभाको बैठक अझै सुरु भएको छैन । बैठक रोकेर अहिले सभामुख अग्नि सापकोटाको कार्यकक्षमा सबै दलका प्रतिनिधिहरुबीच छलफल भइरहेको छ ।

    प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै आएको थियो । अर्थमन्त्री जनादर्न शर्माको दल माओवादी केन्द्र छानबिन समिति बनाउन सहमत देखिएको छ ।

    तर त्यसअघि अर्थमन्त्री शर्माले आफ्नो धारणा प्रतिनिधि सभामा राख्न चाहेका छन् । एमालेले भने शर्मालाई बहिस्कार गर्दै आएको छ ।  ‘एमाले सहमत भएको अवस्थामा संसदीय छानबिन समिति बनाउनेतिर जान्छौं ।’  छलफलमा सहभागी एक सांसदको भनाइ छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ