• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश समाचार

    अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो

    864
    SHARES


    Hands holding nepalese and american currency (banknotes).

    काठमाडौँ। अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ । आजका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १ सय २७ रुपैयाँ ३० पैसा तोकेको छ । यो अहिले सम्मकै उच्च हो ।

    अस्ति एक अमेरिकी डलरको विनिमय दर १ सय २६ रुपैयाँ ७८ पैसा थियो । गएको हप्तादेखि हरेक दिनजसो अमेरिकी डलरको भाउ उकालो लागिरहेको छ । पछिल्ला केही महिनायता विश्व बजारमा अमेरिकी डलरको माग बढ्दा त्यसको असर भारतीय मुद्रा (भारु) हुँदै नेपाली मुद्रासम्म आइपुगेको हो । नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर रहेको छ । स्थिर विनिमय दरसँगै नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारतीय रुपैयाँको विनिमय दर घटबढ भएपछि नेपाली रुपैयाँ पनि प्रत्यक्ष प्रभावित हुने गर्दछ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ