• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    कञ्चनपुरमा विद्यालयको छतमा सुतेका धामी मृत फेला

    329
    SHARES


    काठमाडौँ। बुधबार कञ्चनपुरको एक विद्यालयमा युवकको शव फेला परेको थियो। भीमदत्त नगरपालिका– ६ एैठपुरमा रहेको गोल्डेन बिज स्कुलको छतमा २२ वर्षीय प्रेमसिंह धामी मृत फेला परेका हुन्।

    उनीसहित अर्का एक युवकलाई छतमा बेहोस अवस्थामा देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थल पुग्दासम्म अर्का युवक बेहोस अवस्थामा भेटिएका थिए भने प्रेमसिंह मृत अवस्थामा फेला परेका थिए।

    प्रहरीले धामीको शव पोष्टमार्टका लागि महाकाली अस्पतालमा पठाएको थियो। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू लागुऔषध प्रयोगकर्ता रहेको खुलेको छ। मंगलबार बेलुकी दुवैले बियर र लागूऔषध सेवन गरेर छतमा गएको भन्ने खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब निरीक्षक लालबहादुर बमले बताएका छन्।

    धामीको शव पोष्टमार्टमपश्चात आफन्तलाई बुझाइएको उनले बताए। पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै घटनाबारे थप खुल्ने पनि प्रहरीले जनाएको छ। प्रहरी नायब निरीक्षक बमले धामीसँगै रहेका अर्का युवकलाई सोधपुछ गरिएको बताएका छन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ