• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    सकियो नेपाली काँग्रेस पदाधिकारी बैठक, के-के विषयमा भयाे छलफल ?

    309
    SHARES


    काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक सकिएकाे छ । मंगलबार दिउँसो पार्टी कार्यालय सानेपामा बसेकाे बैठक चुनावी रणनीति र भ्रातृ तथा शुभेच्छुक संस्थाका सम्बन्धमा छलफल भएकाे प्रवक्ता प्रकाशशरण महतले बताए ।

    बैठकमा उपत्यकामा उपलब्ध पदाधिकारी र केही केन्द्रीय सदस्य पनि सहभागी थिए । उपसभापति पूर्णबहादुर खड्काकाे संयोजनमा बसेकाे बैठकले आगामी केन्द्रीय समिति बैठकबाट भ्रातृ तथा शुभेच्छुक संस्थाका लागि दिएकाे निवेदनबारे निर्णय हुने उनले बताए ।

    उनले भने, “भ्रातृ तथा शुभेच्छुक संस्थाका लागि केही निवेदन आएको छ । कसलाई मान्यता दिने, कसलाई नदिने भन्नेबारे पनि छलफल भयाे । केही भ्रातृ तथा शुभेच्छुक संस्थालाई मर्ज गर्न कुरा भएकाे छ ।”

    काँग्रेसका १३ भ्रातृ र १९ शुभेच्छुक संस्था रहेका छन् । यसमध्ये केहीलाई मर्ज गर्ने र थप केहीलाई मान्यता दिने तयारी भइरहेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

    उनले भने, “आज भ्रातृ तथा शुभेच्छुक संस्थाबारे मात्र छलफल भएकाे हाे । अरु कुनै विषयमा छलफल भएन । फेरि बस्ने गरी आजकाे बैठक सकिएकाे छ ।”

    बैठकमा शुभेच्छुक संस्था नेपाल प्रेस युनियनमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति ल्याउनुपर्नेमा नेताहरुले जाेड दिएका थिए । युनियनकाे ९ औं महाधिवेशन साउन ६ र ७ गते हेटौँडामा हुँदैछ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ