• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेपाल प्रहरीलाई नै अध्यागमनको अधिकार दिनुपर्छ : झपट रावल

    355
    SHARES


    काठमाडौँ। नेकपा एमालेका सांसद झपटबहादुर रावलले नेपाल प्रहरीलाई नै अध्यागमनको अधिकार दिनुपर्ने बताएका छन् ।

    सोमवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यागमनको कुरा राज्यको राष्ट्रिय सुरक्षासँग जोडिएको विषय भएकोले यसको जिम्मेवारी नेपाल प्रहरीलाई नै दिनुपर्ने बताए । सांसद रावलले अध्यागमनको बारेमा हतारमा निर्णय लिनुभन्दा यसलाई गम्भीरताका साथ छलफल गरेर मात्रै विधेयक र नीति निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए ।

    उनले अध्यागमनको जिम्मेवारी निजामति कर्मचारीलाई दिने कुरामा सहमत हुन नसक्ने बताए । सांसद रावलले अध्यागमनलाई नेपाल प्रहरी वा अन्य सुरक्षा निकाय अन्तर्गत राख्ने गरेर जानुपर्ने बताएका छन्।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ