• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    मन्त्रीबाट हटाउनेमा भन्दा पनि एक जनालाई यथावत् राख्नेमा असन्तुष्टि छ: रेणु

    413
    SHARES


    काठमाडौँ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मन्त्रीहरू हेरफेर गरेपछि पार्टीभित्र असन्तुष्टि झनै चुलिएको छ ।

    भौतिक तथा पूर्वाधार मन्त्रीबाट फिर्ता बोलाए पछि जसपाकी कार्यकारिणी सदस्य रेणु यादवले मन्त्री हेरफेरको प्रक्रिया प्रति असन्तुष्टि जनाएकी हुन् ।

    पार्टीबाट राजीनामा दिने मनस्थितिमा नै पुगिसकेको उनी निकट नेताहरूले बताएका छन् । यादवले आफ्ना निकट नेताहरूसँग छलफलमा सो कुरा राखेको ती नेताले बताएका छन्। छलफलबाट आउने निष्कर्षबाट उनले आगामी कदम चाल्ने बताइएको छ ।

    उनको असन्तुष्टि मन्त्रीबाट हटाउनेमा भन्दा पनि एक जनालाई यथावत् राख्नेमा रहेको तीन नेताको भनाइ रहेको छ । कार्यकारिणी समितिको बैठकमा छलफल हुँदा चारैजना मन्त्रीलाई फिर्ता बोलाउने र नयाँ चारजनालाई पठाउने निर्णय भएको थियो । तर अध्यक्ष उपेन्द्र यादवले पार्टीको निर्णय विपरीत सो कार्य गरेको यादवको गुनासो रहेको छ ।

    ‘पार्टीमा अरू पनि सांसद छन्, महिलाहरू छन् । उनीहरूमध्ये पनि केही एक जनालाई मन्त्री बनाए हुन्थ्यो । राजेन्द्र श्रेष्ठ नै मन्त्रीमा किन दोहोरिनुपर्‍यो ?,’ यादवको प्रश्नरहेको छ । एकजना महिलालाई हटाएर अर्को महिला पठाउनु पर्नेमा त्यसमा पनि पार्टी नेतृत्व चुकेको उनको भनाइ  रहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ