• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति विशेष समाचार

    विनोद शाही हत्या प्रकरण: जिल्ला भर २ दिन सवारी बन्द हुने

    367
    SHARES


    काठमाडौँ।  अछामको पञ्चदेवल बिनायक नगरपालिका वडा न : ४ कालिकास्थानका १६ बर्षिया किशोर विनोद  शाहि गत जेष्ठ १७ गतेराति घरबाट बेपत्ता भइ  २१ गते मृत अवस्थामा भेटिएका थिए। उनै किशोर विनोद  शाहिको न्यायका लागी भन्दै पछिल्लो समय सामाजिक संगाल र जिल्लाका राजनितिक दलहरुले पनि दबाबका कार्यक्रमहरु सुरुगर्न थालेका छन ।

    केहि समय अघि जिल्ला प्रशासन घेराउ,सिटि र्याली देखि अनसनका कार्यक्रमहरु गरेका उनिहरुले फेरी दबाबमुलक कार्यक्रमहरु गर्ने जनाएका छन्।

    स्थानिय तहको निर्वाचन २०७९ पछि सुरु भएको विवाद मत्थर बन्दै गएपछि यो घटना भएको थीयो। विनोदको न्यायका लागी भन्दै बिभिन्न पक्षहरु संग आग्रह गर्दागर्दै अझैपनि किटानी दिएकाहरुलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै प्ररी प्रशाशसनको आलोचना समेत नागरिकहरुले गरेका छन ।

    हत्यामा संलग्न भन्दै किटानी दिएकाहरुलाई पक्राउको माग गर्दै अछामका ५ राजनितिक दलहरुले आइतबार र सोमबार गरि २ दिन अछाम जिल्लामा पुर्ण रुपमा बन्दको आह्वान दमेत गरेका छन।

    किटानी दिइएका हरु सत्ता र शक्तिको आडमा सुरक्षित बसेको भन्दै उनिहरुलाई तत्काल पक्राउ गरि अनुसन्धान अघि बढाउन पनि राजनितिक दलहरुले माग गरेका छन ।

    अछामस्थित नेकपा एमाले, नेकपा माओवादी केन्द्र,एकिकृत समाजवादी,राप्रपा र विप्लव नेतृत्वको नेकपाले संयुक्त शनिबार प्रेस विज्ञप्ति जारी गरेर असार १९ र २० गते सम्पपूर्ण सवारी साधन बन्द गर्ने जनाएका छन्।

    किटानी जाहेरी गरिएका व्यक्तिलाई हिरासतमा लिई अनुसन्धान नहुनुले हत्याराले सत्ता र शक्तिको आडमा उन्मुक्ति नपाउन भन्नका लागि सवारी साधन बन्द गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । दोषि उम्किन नदिनका लागी प्ररी प्रशासन अहिले नै सचेत बन्नुपर्ने  पनि बिज्ञप्तिमा उलेख  गरिएकॊ छ।

    बालकको हत्यामा संलग्न भएको आरोपमा पीडित पक्षले पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउने,जिसस उपप्रमुख दानमती बम शाही,पूर्ववडा अध्यक्ष सज्जनबहादुर शाहीलगायत १३ जना विरुद्धमा किटानी जाहेरी परेको छ ।

    झण्डै एक महिनासम्म कर्तव्य ज्यान मुद्धाका व्यक्तिलाई सत्ताको आडमा पक्राउ नगरी संरक्षण गरिरहेको पीडित पक्षको आरोप रहेको  छ ।

    यस्तै अछाम प्रहरीले घटनाको अनुसन्धान जारी रहेको बताउँदै आएको छ ।

    प्रहरीले किटानी जाहेरी लिएपछि जेठ २५ गते मात्र शव घटनास्थलबाट उठाएर पछिल्लो दिन पोष्टमार्टम गरिएको थियो । किटानी जाहेरी दिएका व्यक्तिलाई नियन्त्रणमा लिएर छानविन गर्न माग गर्दै पीडित पक्ष र पञ्चदेवल विनायक नगरपालिकास्थित राजनीतिक दल, अगुवाहरुले पटक पटक आन्दोलन गर्दै आइरहेका छन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ