• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति समाचार

    देउवाले बोलाए पदाधिकारी बैठक

    450
    SHARES


    काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । देउवाले मंगलबार दिउँसो १ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन् । केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र पार्टीको आन्तरिक संरचना गठनका सम्बन्धनमा छलफल गर्न देउवाले पदाधिकारी बैठक बोलाएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

    काँग्रेसले असार २७ गते दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बोलाएको छ । स्रोतका अनुसार बैठकमा पछिल्लो समय शेखर कोइराला समूहले देउवामाथि लगाएका पाँच आरोपबारे पनि छलफल हुनेछ । शेखर समूह पनि उक्त कुरा लिएर पदाधिकारी बैठकमा जाने तयारीमा छ । कोइराला पक्षीय सहमहामन्त्री जीवन परियारले आफूले उठाएका मुद्दा पदाधिकारी बैठकमा पनि उठाउने बताए ।

    उनले रातोपाटीलाई भने, ‘अस्ति हामीले जे मुद्दा उठाएका छौं । यिनै कुराहरु हामी जस्ताको त्यस्तै पदाधिकारी बैठकमा उठाउँछौँ ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ