• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति विशेष समाचार

    विनोद शाही मृत फेला प्रकरण : पञ्चदेवल नगरपालिकाका प्रमुख पक्राउ

    433
    SHARES


    काठमाडौँ। अछामको पञ्चदेवल विनायक नगरपालिकाकी नगर प्रमुख अम्बिका चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नगरपालिका वडा नम्बर ४ बस्ने किशोर विनोद शाहीको मृत्यु प्रकरणको अनुसन्धान गर्न शनिबार नगर प्रमुख चलाउने सहित थप एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    शाही मृत घटनाको अनुसन्धान गर्न भन्दै प्रहरीले यसअघि ५ जनालाई नियन्त्रणमा लिएको थियो । शनिबार नगर प्रमुख चलाउने र नेत्र शाहीलाई नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मोहनकुमार आर्चायले जानकारी दिएका छन् ।

    यस्तै जिल्ला प्रहरी कार्यालय अछामले पनि घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको बताएको छ । केही दिनमै प्रहरीले अनुसन्धान सकेर अनुसन्धान रिपोर्ट अदालतमा पेश गर्ने पनि जनाएको छ । विनोद जेठ २१ गते बिहान १० बजे गाउँ नजिकैको भिरमा मृत फेला परेका थिए । उनको हत्या गरिएको भन्दै परिवारले नगर प्रमुख चलाउने सहित १३ जनाको नाममा प्रहरीसमक्ष किटानी जाहेरी दर्ता गरेको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ