• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    माओवादी बैठकमा माग : बरु पाँच दिन बैठक बसौं, पदाधिकारी भने टुंगो लगाऔं

    360
    SHARES


    काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रदेश इन्चार्ज तथा अध्यक्षहरुले यही केन्द्रीय समिति बैठकबाट पदाधिकारी टुंगो लगाउनुपर्ने बताएका छन् ।

    आजबाट सुरु केन्द्रीय समिति बैठकमा रिपोर्टिङ गर्दै उनीहरुले पदाधिकारी टुंगो लगाउनुपर्ने बताएका छन् । बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले बैठक लम्ब्याएर भए पनि पदाधिकारी टुंगो लगाउनु पर्ने बताए क हुन् ।

    उनले भने, ‘यो केन्द्रीय समिति बैठकबाट पदाधिकारी र अरु संरचना टुंग्याउनु पर्छ । बरु पाँच दिनसम्म बैठक बसौं । यो भद्रगोल अवस्था नराखौं ।’

    बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको नौ बुँदे एजेण्डामा पार्टी पदाधिकारी टुंगो लगाउने उल्लेख छैन ।

    पौडेलभन्दा अगाडि रिपोर्टिङ गरेका मधेश प्रदेशका इन्चार्ज गणेश शाहले मधेश प्रदेशको पदाधिकारी छिटो टुंगो लगाउनुपर्ने बताए ।

    पार्टीले मधेसका एजेन्डाबारे छलफल गर्दै नगरेको भन्दै उनले नेतृत्व विहीनताको अवस्था अन्त्य गर्नुपर्ने धारणा राखे ।

    चुनावको धाँदली छानविन गर्न माग

    बैठकमा रिपोर्टिङ गर्नेहरुले स्थानीय तह निर्वाचनमा धाँधली भएको भन्दै छानविन गर्न पनि माग गरेका छन् ।

    मधेश प्रदेशका इन्चार्ज साहले छानविनका लागि उच्चस्तरीय समिति बनाउन र अन्तरघात गर्नेहरुलाई कारबाही गर्न माग गरे । उनले भने, ‘चुनावमा धाँदली भएको विषयमा छानबिन गरियोस् । त्यसका लागि उच्चस्तरीय छानबिन होस् र सिफारिस अनुसार कारबाही पनि होस् ।’

    सिन्धुपाल्चोक घर भएका बागमती प्रदेश अध्यक्ष पौडेलले पनि चुनावमा व्यापक अन्तरघात भएको बताए । उनले भने, ‘गठबन्धनामा हामीले इमान्दारीतापूर्वक मत हाल्यौं तर अरुमा त्यो इमानदारीता रहेन ।’ उनले पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा भद्रगोल भएको भन्दै त्यसलाई समाधान गर्ने नैतिक अधिकार नेताहरुले गुमाइसकेको टिप्पणी गरे ।’

    बैठकमा मधेश प्रदेशको हकमा इन्चार्जले र अन्य प्रदेशको अध्यक्षले रिपोर्टिङ गर्ने बैठकको कार्यसूची छ । प्रदेशको रिपोर्टिङका लागि १० मिनेटको समय दिइएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ