• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    केएमसी स्कुलभित्रै कर्मचारीको मृत्युले तनाव, डिजिटल बोर्ड समेत तोडफोड

    394
    SHARES


    काठमाडौं । स्कुलभित्रै कर्मचारीको मृत्यु भएको विषयलाई लिएर काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुल तनाब ग्रस्त भएको छ।

    आक्रोशित समूहले स्कुलमा तोडफोड गरेको छ । ढुंगा प्रहारबाट स्कुलको डिजिटल बोर्डमा क्षति पुगेको छ भने स्थिति नियन्त्रणमा लिन उल्लेख्या संख्यामा प्रहरी खटाइएको छ ।

    काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलमा झुण्डिएको अवस्थामा शनिबार बेलुका मृत फेला परेकी थिइन् । डेढ वर्षदेखि कार्यरत उनको हत्या भएको दाबी आफन्तले गर्दै आएका छन् । उनीहरुले शव उठाउन पनि दिएका छैनन् ।

    घटनाबारे जानकारी पाएलगत्तै स्कुलमा भेला भएका आफन्त र प्रहरीबीच पनि केहीबेर तनावको स्थिति सिर्जना भएको थियो । गएराति नै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक विशेषज्ञ गोपाल चौधरीसहितको टोली पनि स्कुल पुगेको थियो ।

    काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ