• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    कलिउड मनोरञ्जन

    यसरी हुँदैछ असार २४ गते नीता ढुंगाना र हरिहरको बिहे, निम्तो बाँड्न सुरु

    642
    SHARES


    काठमाडौं । अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीबीच आगामी शुक्रबार बिहे हुँदैछ । असार २४ गते हुने बिहे समारोहका लागि उनीहरुले निम्तो पत्र पनि वितरण गरिरहेका छन् ।

    सार्वजनिक भएको बिहे कार्डका अनुसार उक्त मितिमा दरबारमार्गस्थित होटल याक एन्ड यतिमा बिहान १० बजेदेखि बैवाहिक कार्यक्रम सुरु हुनेछ । बिहेमा आफन्त र परिवारलाई मात्र बोलाइएको छ ।

    उनीहरुको रिसेप्सनको लागि बलिउड अभिनेता तथा ‘गजनी’ फेम्ड भिलेन प्रदीप रावत पनि नेपाल आउने चर्चा छ । चार वर्षअघिको प्रेमलाई उनीहरुले बिहेमा परिणत गर्न लागेका हुन् । यतिबेला दुबैजना सपिङ र बिहेको तयारीमा जुटेका छन् ।

    बिहेलगत्तै हरिहर र नीता दुबैजना निर्माण हुन लागेको फिल्म ‘ह्रस्वदीर्घ’मा व्यस्त हुनेछन् । यो फिल्मलाई उनीहरुले आफ्नो स्वप्न प्रोजेक्ट बताउँदै आएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ