• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विशेष समाचार

    हैजा फैलिएपछि होटल तथा रेस्टुरेन्टमा अनुगमन टोली

    407
    SHARES


    काठमाडौँ। काठमाडौं उपत्यकामा हैजाको संक्रमण फैलिएसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमन तीव्र पारेको छ ।

    प्रशोधित पिउने पानी, होटल–रेस्टुरेन्ट, क्यान्टिन तथा स्ट्रिट फुड निरीक्षण अनुगमन तीव्र तुल्याएको विभागले जनाएको हो । अनुगमनका लागि दैनिक २ वटा टोली परिचालित हुने गरेको पनि विभागले जनाएको छ ।

    असार १२ देखि १७ गतेसम्ममा विभाग तथा विभागको समन्वयमा जिल्ला प्रशासन कार्यालय काठमाडौं, प्रहरी तथा पत्रकारसहितको अनुगमन टोलीले २९ वटा प्रशोधित पिउने पानी उद्योग र २२ वटा होटल, रेस्टुरेन्ट तथा स्ट्रीट फुडको अनुगमन गरेको विभागले जनाएको छ ।

    यस क्रममा पानीका ३० थान र सलादका ३ थान नमूना संकलन गर्नुका साथै ३३ थान पुराना जार र म्याद सकिएको खाद्य पदार्थ नष्ट गरी कारवाही गरिएको विभागले जानकारी दिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ