• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना, १ जनाको मृत्यु

    338
    SHARES


    काठमाडौँ। काभ्रेको बनेपा नगरपालिका–११ मा बस दुर्घटना भएको छ । बाल अपांग अस्पताल बनेपाका कर्मचारी सवार बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको काभ्रेका एसपी चक्रराज जोशीले बताए ।

    मृत्यु हुनेमा भक्तपुरको लोकन्थली घर भएकी ५३ वर्षीया लेख कुमारी बस्नेत छिन् । अस्पतालका स्टाफ बोकेर ओरालो झर्ने क्रममा बा.१क ५७४७ नम्बरको बस सडकबाट ७ मिटर तल झरेर रुखमा अड्किएको छ ।

    दुर्घटनामा ३८ जना घाइते भएका छन् ।

    घाइतेहरुमध्ये २१ जनाको शिर मोमोरियलमा उपचार भइरहेको छ । भूमि अस्पतालमा ७ जना, धुलिखेल अस्पतालमा ८ जना र बाल अपांग अस्पतालमा ३ जनाको उपचार भइरहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ