• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बागमती समाचार

    सरकार परिवर्तनसँग जोडेर आएका प्रश्नहरुको निरुपण गठबन्धनको बैठकबाट हुन्छ : मुख्यमन्त्री पाण्डे

    467
    SHARES


    काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश सरकार परिवर्तनसँग जोडेर आएका प्रश्नहरुको निरुपण पाँच दलीय गठबन्धनको बैठकबाट हुनु बताएका छन् । बागमती प्रदेशमा सरकार परिवर्तनको कसरत सुरु भएसँगै मुख्यमन्त्री पाण्डेले सो प्रतिक्रिया दिएका हुन् ।

    बिहीबार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै मुख्यमन्त्री पाण्डेले गठबन्धनको मूल स्पिरिट कायम रहने गरी आगामी कदम तय हुने समेत उनले बताएका छन् । उनले भनेका छन् : ‘बागमती प्रदेशमा सरकार परिवर्तनसँग जोडेर आएका प्रश्नहरुको निरुपण पाँच दलीय गठबन्धनको केन्द्रिय बैठकबाट हुनेछ। गठबन्धनको मूल स्पिरिट कायम रहने गरी आगामी कदम तय हुनेछन् ।’

    बागमती प्रदेशमा अहिले सरकार परिवर्तनको कसरत सुरु भएको छ । सत्तारुढ गठबन्धनका दलहरु बीच पूर्वसहमति अनुसार सरकारको नेतृत्व फेर्न कसरत सुरु भएको हो । गत कात्तिक ११ गते गठबन्धनबाट सत्तारोहण गरेका नेकपा एकीकृत समाजवादी पार्टीका राजेन्द्र प्रसाद पाण्डे र नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँबीच आधा आधा समय सरकारको नेतृत्व गर्ने सहमती भएको थियो ।

    उक्त सहमति कार्यान्वयन गर्नतर्फ मुख्यमन्त्री पाण्डे सकारात्मक नदेखिएपछि गठबन्धनभित्रै सत्ता संघर्ष सुरु भएको हो ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ