• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विशेष समाचार

    सरकारले अमेरिकालाई लेखेको पत्रबारे जनताले थाहा पाउनुपर्छ : भीम रावल

    554
    SHARES


    काठमाण्डौ। नेकपा एमालेका सांसद डा. भीम रावलले सरकारले अमेरिकालाई एसपीपी कार्यक्रममा नजोडिने भनेर लेखेको पत्र तत्काल सार्वजनिक गर्न माग गरेका छन्।

    आज बिहीवार काडमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद रावलले सरकारले स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्बन्धमा अमेरिकी सरकारलाई पठाएको पत्र तत्काल सार्वजनिक गर्न माग गरेका हुन् । उनले सरकारले पठाएको पत्र नागरिकले थाहा पाउने गरी सार्वजनिक गर्नुपर्ने बताए । उनले भने, ‘सरकारले एसपीपी लागू गर्न खाजेको थियो । तर अहिले नमान्ने पत्र पठाएको भनेको छ । त्यो पत्र निसङ्कोच बाहिर ल्याउनुपर्छ । अमेरिकालाई लेखेको पत्र नेपाली जनताले थाहा पाउनुपर्छ ।’

    सांसद रावलले देशको अर्थतन्त्र, कृषि र राष्ट्रको सुरक्षामा देखिएको बाह्य हस्तक्षेप बढ्दै गए नेपालीहरूको दैनिकी कष्टकर र पीडादायी हुने पनि बताएका छन्। उनले सातभन्दा बढी देशका शरणार्थी नेपाल आएर आन्दोलन गर्दासम्म सरकार कानमा तेल हालेर बसेको आरोप समेत लगाए।

    सांसद रावलले सरकार र गठबन्धन दलहरू कुन मन्त्री कति महिना बनाउने र फेर्ने भन्नेमा मात्रै केन्द्रित रहेको बताए । उनले देशको राष्ट्रियतामा असर पर्ने कुराहरू के–के हुँदैछन् भन्ने कुरामा प्रधानमन्त्रीसमेत चिन्तित नरहेको आरोप लगाए छन्।

    सांसद रावलले सरकारले अमेरिकालाई एसपीपीमा नजाेडीने भनेर पत्र नै नपठाएको दाबी पनि गरे। उनले सरकारका मन्त्रीहरूले संसदमा जानकारी दिए पनि पत्र भने नपठाएको दाबी गरेका छन्। सांसद रावलले एसपीपी सम्बन्धमा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति र राज्यका नीति सिद्धान्तको अनुगमन सम्बन्ध समितिले समेत दस्तावेज माग गर्दा अहिलेसम्म सरकारले नबुझाएको बताए काछन्। उनले नेपालको परराष्ट्र नीतिलाई मिच्ने, मनपरी निर्णय गर्ने, कुटनीतिक रूपमा पत्रचार गर्ने निकायले पत्रचार गर्ने र ठूला शक्तिराष्ट्रका अगाडि झुकेर संविधानको प्रावाधानलाई कार्यान्वयन नगर्ने प्रधानमन्त्रीको चरित्रका कारण परराष्ट्र नीति र कुटनीतिमा गम्भीर विचलन देखा परेको आरोप पनि लगाएका छन्।

    सांसद रावलले नेपालको कुटनीतिको विचलन हुँदा नेपालको स्वतन्त्रता र भौगोलिक अखण्डताको लागि अत्यन्त खतरनाक हुने दाबी गरेका छन्।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ