• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    अस्ट्रेलियामा लाखाैँ माहुरीलाइ ‘लकडाउन’ मा किन राखियो हेर्नुहोस्

    299
    SHARES


    काठमाडौँ। अस्ट्रेलियामा लाखौँ माहुरीलाई लकडाउनमा राखिएको छ । घातक परजीवी भेटिएपछि अस्ट्रेलिया सरकारले हजारौँ माहुरीलाई नष्ट गर्ने निर्णय पनि गरेको छ ।

    न्यु साउथ वेल्सकाे राजधानी सिड्नी नजिकैकौ बन्दरगाहमा गएको हप्ता भारोआ डिस्ट्रकटर नामक किर्ना एक सय किलोमिटर टाढा रहेको माहुरीकाे घारमा पनि देखिएको छ ।

    घातक परजीवीका कारण अस्ट्रेलियाको मह र खाद्य उद्योगलाई लाखौँ अमेरिकी डलर घाटा हुने जोखिम देखिएको बताइएको छ ।

    नयाँ जीव सुरक्षा क्षेत्रका माहुरी पालकहरूले अब अर्काे सूचना नआएसम्म घार, माहुरी वा महको चाका अन्यत्र लैजान नपाउने भएका छन्। माहुरीलाई एक ठाउँबाट अर्काे ठाउँमा लैजान नदिनका लागि लकडाउन गरिएको हो ।

    विश्वभर माहुरीका लागि सबैभन्दा ठूलो जोखिमको रूपमा मानिएको भारोआ परजीवी यसअघि अस्ट्रेलियामा देखिएको थिएन । यो परजीवी तिलको दाना जत्रो आकारमा हुन्छ र माहुरीलाई भाइरस सारेर माहुरी समूहलाई कमजोर बनाउने र मार्ने गर्छ ।

    न्यु साउथ वेल्सको सात ठाउँमा यो परजीवी भेटिएपछि अधिकारीहरूले यसलाई नियन्त्रण गर्न केही जैविक सुरक्षा उपायहरू लागू गरेका छन् । परजीवी देखिएको ठाउँको १० किलोमिटर वरपर रहेका चार सय घार नष्ट गरिने र २५ किलोमिटर परसम्मका घारलाई निगरानी गरिने जनाइएको छ ।

    न्यु साउथ वेल्समा हजारौँ माहुरी नष्ट गरिसकिएको र माहुरी पालकहरूलाई सतर्कता अपनाउन भनिएको छ । यो परजीवी फैलिए अस्ट्रेलियाको मह उद्योगलाई मात्रै प्रतिवर्ष सात करोड अमेरिकी डलर बराबर घाटा लाग्नेछ ।

    यस्तै अस्ट्रेलियाका बदाम, स्याउ र एभोकाडो जस्ता एक तिहाइ खाद्य सामग्री उत्पादन माहुरीकाे परागसेचनमा आधारित छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ