• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    थप ४९ जनामा कोरोना संक्रमण पुस्टि, १६३ सक्रिय संक्रमित

    212
    SHARES


    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ यो अबधिमा  कसैको पनि मृत्‍यु भएको छैन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार २३४ जनाको पीसीआर परीक्षणमा ३३ जना र १ हजार २६० जनाको एन्टीजेन परीक्षणमा १६ जना गरी ४९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जना निको भएका छन् भने हाल देशभर १६३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १६० जना होम आइसोलेसनमा रहेका छन् भने ३ जना संस्थागत आइशोलेशन र १ जना आईसीयूमा रहेका छन् ।

    बिहीबार यी संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ८६६पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार ३४२ जना संक्रमणमुक्त भएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ