• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    संसदको शून्य समयमा सांसद : कुनै पनि कारण देखाउदै जनता लाई अन्याय गर्न पाइँदैन

    163
    SHARES


    काठमाडौँ। प्रतिनिधिसभा बैठकमा सांसदहरुले पेट्रोलियम पदार्थ तथा खाद्यवस्तुको मूल्य वृद्धि नियन्त्रण गर्न माग गरेका छन् । बिहीबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेका छन् ।

    सांसद समिना हुसेनले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरिन् । सांसद लक्ष्मी चौधरीले इन्धन लगायतका सामग्रीमा मूल्य वृद्धि भएर सर्वसाधरणको जिवन जोगाउन धौ–धौ बताइन् । उनले रुस र युक्रेनको द्वन्द्व देखाएर नागरिकलाई अन्याय गर्न नपाइने बताइन् । उनले तत्काल सो निर्णय फिर्ता लिन माग गरिन् ।

    उनले नागरिकता विधेयक छिटो पास गर्न माग गरिन्– ‘राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता विधेयक पास भएर आएको छ तर सदनमा अझैपनि छलफल भएको छैन । छिटोभन्दा छिटो सदनमा ल्याउनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु । संघीय निजामती सेवा ऐन समितिबाट पास भएर फेरि फिर्ता भएको भन्ने कुरा सुन्नमा आएको छ यस विषयमा पनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

    सांसद लक्ष्मी परियारले वर्षायाम सुरु भएको बताउँदै विपद व्यवस्थापनमा ध्यान दिन सरकारलाई आग्रह गरिन् । उनले वर्षापछि उदयपुरका नागरिक त्राही–त्राही हुने अवस्थामा रहेको बताउँदै विपद व्यवस्थापनका लागि सरकार तयार हुनुपर्यो भन्दै माग गरिन् । अन्तरजातीय विवाह गरेका कारण ५ वर्षअघि मृत्यु भएका अजित मिजारको शव अझै टिचिङ अस्पतालमा रहेकोले उनले कहिले न्याय पाउने भन्दै प्रश्न गरिन् ।

    सांसद लालबहादुर थापाले बाजुराको साँफे मार्तडी सडकको २५ सय सडक क्षतविच्छेद भएकोले वर्षायाममा जनताले ठूलो सास्ती पाउने गरेको बताए । उनले अहिलेको गठबन्धन सरकारले विगतको सरकारले गरेको सडक सुधारको कामलाई निरन्तरता नदिएको भन्दै गुनासो गरे ।

    यस्तै सांसद लालबाबु पण्डितले नागरिकता विधेयक फास्ट ट्रयाकबाट पारित गर्न माग गरे । यस्तै संघीय निजामती सेवा ऐन सरकारले संसदबाट फिर्ता लगेर संघीयता विरोधी काम गरेको बताए । उनले संघीयताको मर्मअनुसार सो विधेयक संसदमा ल्याएर पास गर्न आग्रह गरे ।

    सांसद विशाल भट्टराईले खोटाङको दिक्तेललाई तराई र प्रदेश १ को राजधानीसँग जोड्ने सगरमाथा दिक्तेल गाईघाट खण्ड ४ वर्षदेखि अलपत्र रहेको बताए । उनले मध्यपहाडी पुष्पलाल लोकमार्गको दिक्तेल चखेवा खण्ड सुस्त गतिमा रहेको बताए । दिक्तेल आहालेडाँडा सडक धिमा गतिमा बन्दै गरेको, दिक्तेल बजारको ढलानको कार्य पनि ढिला भएको, हलेसीको लिफ्टिङ खानेपानीको काम पनि ढिला भएको बताए । मन्त्री, महानिर्देशकलाई भेट्दा पनि काम नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ