• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    फुटबल खेलाडी म्याराडोनाको उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि मुद्दा चलाइने

    236
    SHARES


    काठमाडौँ। अर्जेन्टिनाका फुटबल खेलाडी डिएगो म्याराडोनाको उपचारमा लापरबाही गरेको आरोपमा आठ जना स्वास्थ्यकर्मीमाथि मुद्दा चलाइने भएको छ । म्याराडोनाको सन् २०२० को नोभेम्बरमा ६० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको थियो ।

    मस्तिष्कको शल्यक्रियापछि आफ्नो बुबाको उपचारबारे दुई जना छोरीहरुले चासो व्यक्त गरेका थिए । त्यसअघि मस्तिष्कको शल्यक्रिया गराएका म्याराडोनाको स्वास्थ्यमा सुधार भएको थियो । तर निधन भएको केही दिनपछि अर्जेन्टिनाका अभियोजनकर्ताले उपचारमा संलग्न चिकित्सक तथा नर्समाथि अनुसन्धान सुरु गरेका थिए ।

    छानबिन समितिले उपचारमा कमजोरी र अनियमितता देखिएको पाएपछि एक न्यायाधीशले मुद्दा चलाउन आदेश दिएका हुन् । मुद्दाको सामना गर्नेमा नशासम्बन्धी म्याराडोनाका निजी चिकित्सक, एक मनोचिकित्सक, अर्का दुई चिकित्सक, दुई जना नर्सलगायत रहेका छन् । तर आरोपित सबैले म्याराडोनाको निधनका लागि आफूहरू जिम्मेवार नरहेको बताएका छन् ।

    यो अभियोग पुष्टि भएमा उनीहरुले आठदेखि २५ वर्षको जेलसजाय भोग्नुपर्नेछ । मुद्दाबारे सुनुवाइको समय भने तय भैसकेको छैन । डिएगो म्याराडोनालाई विश्वका सर्वकालीन महान फुटबल खेलाडीमध्ये एक मानिन्छ । सन् १९८६ मा अर्जेन्टिनाले विश्व कपको उपाधि उचाल्ने बेला उनी राष्ट्रिय टोलीका कप्तान थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ