• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    नेपालले दियो हङ्कङलाई ११० रनको लक्ष्य

    187
    SHARES


    काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपालले हङकङलाई ११० रनको लक्ष्य पेस गरेको छ ।

    मलेसियाको किनरारा मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०९ रन बनाएको हो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३२ बनाएकी छन् । नेपालका लागि ओपनिङमा आएकी सीता राना मगर ९ रनमा रनआउट भइन् । तेस्रो क्रममा आएकी ब्याटर इन्दु बर्मा खाता खोल्नै नसकी आउट भइन् । चौथो क्रममा आएकी विकेटकिपर ब्याटर काजल श्रेष्ठ १ रनमै एलबीडब्ल्यु आउट भइन् ।

    ओपनर बिन्दु रावल २८ बलमा २३ रन बनाउँदै एलबीडब्ल्यु आउट भइन् । छैटौं क्रममा आएकी ममता चौधरी ७ रनमा रनआउट भइन् । सातौं क्रमकी ब्याटर कविता जोशीलाई ४ रनमा एलिशा हर्बडले बोल्ड आउट गराइन् । खेलमा लगातार विकेट गुमाएको नेपालले १५ ओभरपश्चात मात्र सम्हालिएको खेल प्रस्तुत गरेको थियो । पाँचौ क्रममा आएकी रुबिना क्षेत्री र सातौं क्रममा आएकी अप्सरी बेगमको रनको ४४ रनको साझेदारीले नेपाललाई खेलमा फर्काएको हो । रुबिना ३२ रन र अप्सरी बेगम २२ रनमा अविजित रहे ।

    हङकङका लागि चनका बेट्टीले सर्वाधिक २ विकेट लिइन् । मरियम बीबी र एलिशा हर्बडले समान १÷१ विकेट लिए । समूह ‘बी’ मा रहेको नेपाल ३ खेलमा ६ अंकका साथ सेमिफाइनलमा पुगिसकेको छ । नेपालले भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले पराजित गरेको थियो ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ