काठमाडौँ। सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् ।
काठमाडौंमा एक कार्यक्रम गरेर उनले पार्टीको नाम सार्वजनिक गरेका हुन् । सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछाने आफू व्यवस्था बदल्न नभइ, नागरिकको अवस्था बदल्न राजनीतिमा आएको घोषणा गरेका छन् ।
काठमाडौंको राष्ट्रिय सभा गृहमा एक कार्यक्रम गरेर उनले आफू ठूलो काम गर्न नभई आम मान्छेका ससाना समस्या समाधानका लागि राजनीतिमा लागेको स्पष्ट पारे ।
उनले अहिले भएका कुनै पनि दलमा आफू प्रवेश नगर्ने घोषणा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका हुन् । लामिछानेले आम नागिरकलाई चाहिएको जस्तो दल बनाएर अघिबढेको बताएका छन्।
प्रतिक्रिया