• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    हिमाञ्चल प्रदेशमा केबलकार रोकिंदा फसे १५ पर्यटक, उद्धार जारी

    254
    SHARES


    काठमाडौं । भारतको हिमाञ्चल प्रदेशमा केबलकार बिग्रिएपछि १५ जना पर्यटक अड्किएका छन् ।

    उनीहरुको उद्धारको काम जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    हिमाञ्चल प्रदेशको बरबानु भन्ने स्थानमा रहेको टीम्बर ट्रेलमा खराबी आएपछि केबरकारमा सवार पर्यटक अड्किएका हुन् ।

    अहिलेसम्म ९ जनाको उद्धार भइसकेको र बाँकीको उद्धारको काम जारी रहेको समाचारमा उल्लेख छ ।

    सोमबार साढे १ बजे केबलकार अड्किएको थियो । उनीहरुलाई रेस्क्यू ट्रली पठाएर उद्धारको काम भइरहेको छ ।

    सो केबलकारमा यसअघि सन १९९२ मा समेत यस्तै घटना भएको थियो ।

    सो समयमा १० जना मानिसलाई उद्धार गर्न ३ दिनको समय लागेको थियो । त्यसक्रममा एक जनाको मृत्यु भएको थियो ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ