• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    सुदुरपश्चिम

    आज सुदूरपश्चिम प्रदेश सरकारको बजेट भाषण,४ बजे प्रदेशसभामा अर्थमन्त्री रावलले प्रस्तुत गर्ने

    256
    SHARES


    काठमाडौँ। सुदूरपश्चिम प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट ल्याउँदैछ। असार १ गतेभित्रै बजेट ल्याउनुपर्ने कानून प्रावधानअनुसार सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको हो।

    ४ बजे प्रदेशसभामा अर्थमन्त्री प्रकाश रावलले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। यो बजेट सुदूरपश्चिम प्रदेशको पहिलो सरकारको अन्तिम बजेट हुनेछ। संघीयतापपछि २०७४ मा गठित पहिलो प्रदेश सरकारले कार्यकालको उत्तरार्धमा ल्याउने यो बजेट छैटौं हो।

    अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिएर केही थप नयाँ कार्यक्रमसहित आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी भइरहेको छ। प्रदेशको नीति तथा योजना आयोगले पहिलोपटक पञ्चवर्षीय योजनासहित २५ अर्बको बजेट सिलिङ तोकेर पठाएको भए पनि संघीय सरकारबाट प्रदेशलाई प्राप्त हुने अनुदान रकम बढेर आएपछि आगामी बजेटको आकार बढ्ने प्रदेश सरकारले जनाएको छ।

    नीति तथा योजना आयोगले पठाएको बजेटको सिलिङभन्दा थोरै आकार बढाएर बजेट सार्वजनिक हुने आर्थिक मामिला मन्त्रालय सुदूरपश्चिमका सचिव जितेन्द्र बस्नेतले बताए। ‘प्रदेश सरकार गठनको पहिलो ५ वर्षे कार्यकाल सकिनै लागेको छ,’ उनले भने, ‘पहिलो ५ वर्षे कार्यकालको यो अन्तिम बजेट भएकाले अधिकांश पुराना कार्यक्रमहरुलाई सम्पन्न गर्ने गरी बजेट विनियोजन हुनेछ।’

    चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको बजेट विनियोजन गरेकोमा आगाम िआर्थिक वर्षको लागि ३३ अर्ब बढीको बजेट ल्याउने तयारी प्रदेश सरकारको छ। पञ्चवर्षीय योजनाको आधारपत्रका आधारमा बाँडफाँट हुने गरी बजेट ल्याउन लागिएको प्रदेश सरकारले जनाएको छ।

    नीति तथा योजना आयोगले तोकेको सिलिङभन्दा बजेट थोरै तलमाथि हुनसक्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नवराज ओझाले बताए। बजेटको आधारसहित प्रदेश सभामा विनियोजन विधेयक र नीति तथा कार्यक्रमलाई केन्द्रमा राखेर आगामी बजेट सार्वजनिक गर्ने प्रदेश सरकारको तयारी छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ