• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights मनोरञ्जन

    कलाकार शंकर बिसीको यस्तो दादागिरी, ‘तेरो हैसियत नै छैन’ भन्दै यी पत्रकारलार्इ दिए धम्की (भिडियोसहित)

    36.5K
    SHARES

    काठमाडौं, १४ चैत ।

    कलाकार शंकर बिसीले पत्रकारमाथि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ ।

    काठमाडौंको भृकुटी मण्डपमा आयोजना भईरहेको राष्ट्रिय स्तरको लोकदोहोरी प्रतियोगितामा रिपोर्टीङका लागि पुगेका फिल्मिजुम डटकमका फोटो पत्रकार प्रकाश ढकालमाथि कलाकार तथा लोकदोहोरी प्रतिष्ठानका पदाधिकारी समेत रहेक शंकरबिसीले दुर्व्यवहारका साथै धम्की दिएका छन् ।

    दोहोरी प्रतियोगितको उद्घाटन समारोह चलिरहदा दर्शकका लोकप्रिय मानिएका यी कलाकारले बोलेका केही शब्दहरु सुन्दा उनैका फ्यानहरुलाई पनि अपाच्य हुनसक्छ ।

    खास कुरा के हाे ?

    राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालको आयोजनामा फागुन १२ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा चार दिनसम्म लोकदोहोरी प्रतियोगिता सुरु भएको छ ।

    प्रतियोगितामा नयाँ पुराना दुबै थरि गायक आ-आफ्नो प्रस्तुति दिइरहेका छन् । नयाँ गायक गायक गायिका प्रतियोगिका रुपमा सहभागी हुन्छन् भने पुरानाहरु अप्रतियोगी एवं अतिथीको भुमिकामा छन् ।

    यसै सिलसिलामा कलाकार शंकर बिसी पनि सोहि कार्यक्रमका लागि सजिएर स्टेजमा जान आफ्नो चेन्जिङ रूमबाट निस्किरहेकाे अवस्थामा याे विवाद सुरू भएकाे देखिन्छ ।

    कार्यक्रमको स्टेजपछाडि लोक गायक चोलेन्द्र पौड्यालको अन्तर्वार्ता लिईरहेका पत्रकार ढकालकाे क्यामरालार्इ बेवास्ता गर्दै बिसी अगाडि बढेपछि उनि पनि क्यामरामा कैद भए । पौडेलको अन्तर्वार्ता लिदै गरेका पत्रकार ढकाललाई नमज्जा लाग्यो र उनले यस्तो नगरिदिएको भए वा निहुँरिएर गइदिएको भए वा परबाट अर्कोपट्टी निस्किएको भए हुन्थ्यो भन्ने भावले बिसीलाई हेरे ।

    ढकालले बिसीलाई हेरेका मात्र के थिए बिसीको दादागिरी सुरु भइहाल्यो । मलाई घुरेर हेर्ने ? भन्दै बिसीले ठुलै हंगामा गर्न थालेपछि उनलाई अरुले नै समातेर नगर भन्दै तान्नु पर्यो । बिसीसँगै रहेका अन्य लोकगायकहरु पनि पत्रकार ढकाललाई धम्क्याउन थाले ।

    बिसीले  ‘दुख पाउलास, दरो कुटाई भेट्लास नि’ जस्ता शब्द प्रयोग गरेको भिडियोमा प्रष्ट सुनिन्छ । उनको हाउभाउ हेर्दा पनि कुटाैंला झैँ गरी प्रस्तुत भएको देखिन्छ ।

    हजाराैं दर्शकहरूकाे मनजित्न सफल बिसीको घमण्डिपनले उनलार्इ उनकै फ्यानहरुको नजरबाट खस्ने बनाएको छ । केहिदिन अगाडी मात्रै पत्रकारले लोक दोहोरी क्षेत्रलाई साथ नदिएको भन्दै लोकदोहोरी प्रतिष्ठानका पदाधिकारीहरुले पत्रकार सम्मेलनमै दुखेसो पोखेका थिए ।

    हेर्नुहोस् भिडियो

    प्रतिक्रिया