• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    विनाेद हत्या प्रकरण- मेयर अम्बिका चलाउनेविरूद्द किटानी जाहेरी दर्ता, स्थानीयले खोले यस्तो रहस्य

    3.2K
    SHARES


    अछाम । जिल्लाको पञ्चदेव विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेविरुद्ध किटानी जाहेरी भएको छ । वडा नम्बर ४ का विनोद शाहीको हत्यामा चलाउनेको संलग्नता रहेको भन्दै परिवारले दिएको किटारी प्रहरीले दर्ता गरेको छ । योसँगै परिवारले शव बुझेका छन् ।

    प्रहरीले किटानी जाहेरी दर्ता गर्ने तयार भएपछि बुधबार विनोदको शव घटनास्थलबाट उठाएर पोष्टमार्टमको लागि जिल्ला अस्पताल लगिएको थियो । मेयर चलाउनेको निर्देशनमै जेठ १७ गते राति गाउँमा प्रहरी पठाएर स्थानीयमाथि कुटपिट गरेको र सोही रातबाट १५ बर्षीय विनोद शाही बेपत्ता भएका थिए ।

    जेठ २१ गते विनोदको शव भेटिएको थियो । परिवारले मेयर चलाउनेकै योजनामा हत्या भएको भन्दै किटानी जाहेरी गरेको थिए । तर, प्रहरीले जाहेरी दर्ता नगरेपछि केही दिनदेखि विनायकमा तनावपूर्ण अवस्था बनेको थियो ।

    स्रोतका अनुसार हत्या आरोपमा मेयर अम्बिका चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी परेको छ। अम्बिकासँगै जिल्ला समन्वय समिति अछामका उपप्रमुख दानमती शाही र वडा नम्बर ४ का निवर्तमान वडाध्यक्ष सर्जन शाहीलगायतलाई पनि किटान गरिएको छ।

    जाहेरीमा मेयर चलाउने र स्थानीय नेत्र शाहीको योजना र निर्देशनमा विनोदको हत्या गरिएको र अरु संलग्न भएको दाबी गरिएको छ ।

    स्थानीय बखत बहादुर शाहीले विनोदलाई जेठ १७ गते राति स्थानीय रामबहादुर शाहीको घरभित्र कुटेर हत्या गरिएको रहस्य खोलेका छन् । हत्यापछि तीन दिनसम्म उक्त घरमा ताला लगाएर शव राखिएको उनको भनाइ छ । तेस्रो दिनको राति शव लगेर भिरमा खसालेको पीडित परिवारको आरोप छ ।

    त्यसैगरी प्रहरीमा दर्ता गरिएको जाहेरीमा किटान गरिएकाहरू वडा नम्बर ४ कुच्चीकै रामबहादुर शाही, नेत्र शाही, द्रोपती शाही, शान्ति शाही, महेन्द्र शाही, वीरेन्द्र शाही, कर्णबहादुर शाही, देवेन्द्र शाही, अक्कल शाही र पृथ्वी शाही रहेको बताइएको छ ।

    बैशाख ३० गते मतदानको क्रममा भएको विवादलाई लिएर जेठ १६ गते कुच्चीगाउँमा नेपाली काँग्रेस र नेकपा एमालेका युवाहरुबीच झगडा भएको थियो। १७ गते मध्यरात प्रहरी गाउँमा पसेर लछारपछार गरेको थियो । त्यही रात विनोद बेपत्ता भएका थिए ।

    यो पनि पढ्नुहोस्

    चुनाव जितेको महिनादिन नबित्दै मेयर अम्बिकाको दादागिरीः आफै प्रहरी पठाउने, आफै उजुरी दिने

    अछाम घटना: मतदान गर्ने विषयबाट सुरुभएको विवादले उग्ररुप लिदै, घर तोडफोड भयपछि मेयर सरिन् सदरमुकाम

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ