• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विज्ञान-प्रविधि

    ‘मर्मेड बेड’ मा भेटियो महिलाको २१ सय वर्ष पुरानो कंकाल

    475
    SHARES


    काठमाडौँ। उत्तरी ग्रिसको कोजानी शहर नजिकै पुरातत्वविदले एक महिलाको कंकाल भेटेको छ । यो कंकाल काँसको एउटा बेडमा भेटिएको छ जसलाई शताब्दिऔँ अघि गाडिएको थियो ।

    वैज्ञानिकका अनुसार यो कंकाल पहिलो शताब्दी इसा पूर्वको हो । जुन बेडमा यो कंकाल भेटिएको छ त्यसमा मत्स्य कन्या (मर्मेड) को आकृति बनेको छ । बेडमा अर्को एउटा तस्बिर पनि बनेको छ जसमा एउटा चराले आफ्नो मुखमा सर्प समातिरहेको देख्न सकिन्छ । यो चित्र प्राचिन ग्रिक देवता अपोलोको प्रतिक हो ।

    कोजानीको प्राचिन वस्तुहरुको एफोरेटका निर्देशक अरेती चोन्ड्रोगियानी–मेटोकीका अनुसार महिलाको टाउको सुनको पातबाट ढाकिएको थियो जुन मालामा सजाइएको हुनसक्छ । यद्यपि, बेडको काठको भाग सडिसकेको छ ।

    उनका अनुसार महिलाको हातमा सुनको धागो पनि पाइएको छ । यसका साथै माटोका चार भाँडो र एउटा काँसको भाँडो भेटिएको छ जसलाई महिलाको शवसँगै गाडिएको थियो ।

    काँसले बनेको बेड यस्तो खालको थियो होला ।

    पुरातत्वविद् अब कंकालको अनुसन्धान गरेर महिलाको स्वास्थ्य, उनको मृत्युको समय र मृत्युको सम्भावित कारणबारे पत्ता लगाउने कोसिस गरिरहेको छ ।

    यद्यपि, महिलाको कंकाल नजिकैबाट भेटिएको कलाकृतिबाट अनुमान गर्न सकिन्छ कि उनी धनी परिवारकी होलिन् । कुनै शाही परिवारसँग उनको सम्बन्ध भएको पनि हुनसक्ने आँकलन गरिएको छ । महिलाको अवेशषलाई हाल ग्रिसको एयानी पुरातत्व संग्रहालयमा राखिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ