• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बलिउड- हलिउडल मनोरञ्जन

    सलमान खान र उनका पितालाई आयो ज्यान मार्ने धम्कीसहितको चिट्ठी,

    364
    SHARES


    काठमाडौँ । बलिउड अभिनेता सलमान खान र उनका पिता सलिम खानलाई आइतबार ज्यान मार्ने धम्कीसहितको चिट्ठी प्राप्त भएको छ । मुम्बई प्रहरीले यो मामिलामा एफआइआर दर्ता गरेको छ ।

    समाचार एजेन्सी पिटिआईले एक अधिकारीलाई उद्धृत गर्दै आइतबार बिहान एक अज्ञात व्यक्तिले सलिम खानलाई उक्त चिट्ठी दिएको जानकारी दिए ।

    अधिकारीले दिएको जानकारी अनुसार मर्निङ वाकपछि सलिम खान बान्द्राको ब्यान्डस्ट्यान्डमा बेन्चमा बसिरहेका बेला एक व्यक्तिले उनलाई एउटा चिट्ठी दिए जसमा उनले सलमान खानलाई ज्यान मार्ने धम्की दिएका छन् ।

    पछि सलिम खानले आफ्ना सुरक्षाकर्मीको मद्दतले प्रहरीलाई सम्पर्क गरे । यसबारे एफआईआर दर्ता गरिएको छ । समाचार एजेन्सी एएनआईका अनुसार मुम्बई प्रहरीले यो घटना आइतबार बिहान साढे सातदेखि ८ बजेको बीचको हो ।

    लिउडमा बुढा हुँदैनन् नायक : अभिनेत्री ३० वर्षकै उमेरमा आमाको भूमिकामा हुँदा अभिनेता कलेज स्टुडेन्ट
    बलिउडका निर्देशक अभिनेतालाई बुढा मान्दैनन् । यही कारणले फिल्ममा अभिनेतासँग साथमा देखिने अभिनेतृ आधाभन्दा कम उमेरका हुन्छन् । अक्षय कुमारको नयाँ फिल्म ‘सम्राट पृथ्वीराज’ पछि पुनः यो मुद्दा बहसमा आएको छ । यो फिल्ममा अक्षयकुमारकी जोडी मानुषी छिल्लर छिन्, जसको उमेर अक्षयको उमेरभन्दा आधभन्दा अझ कम छ । अक्षयकुमार अहिले ५४ वर्षका भए भने मानुषी २५ ।

    अभिनेता र अभिनेतृको उमेरमा यो अन्तर केबल अक्षयकुमारको फिल्ममा मात्र होइन । र यो बलिउडको लागि नयाँ पनि होइन । फिल्म ‘राधे’ मा ५५ वर्षका सलमान खान २८ वर्षकी दिशा पटानीसँग देखिँदैछन् । शाहरुख खानको ‘डियर जिन्दगी’ मा उनले आफ्नो छोरा आर्यन खानकी समकालीन आलिया भट्टसँग काम गरेका छन् ।

    यो विषयमा अमिताभ बच्चन पनि अगाडि छन् । सन १९९९ मा प्रदर्शनमा आएको उनको चर्चित फिल्म ‘सूर्यवंशम’मा उनकी पत्नीको भूमिका गर्ने सौन्दर्या उनीभन्दा ३५ वर्ष सानी छिन् । यसैगरी सन् २०१६ मा प्रदर्शनमा आएको अजय देवगणको फिल्म ‘शिवाय’मा उनी आफूभन्दा २८ वर्ष सानी सयेशा सैगलसँग देखिएका छन् ।

    अभिनेत्री ३० वर्षकै उमेरमा आमाको भूमिकामा, अभिनेता भने कलेज स्टुडेन्ट
    बलिउडमा धेरैजसो नायिकाको करियर ४० वर्षको उमेर पुगेपछि ओरालो लाग्न थाल्छ । त्यसपछि तिनले काम पाउन छाड्छन् । काम पाइहाले पनि उनीहरुले आमा, भाउजु वा ठूली दिदीहरूको भूमिका पाउँछन् । जबकि ४५–५० वर्षका अभिनेता भने अझै कलेज विद्यार्थीको भूमिका निभाइरहेका हुन्छन् ।

    सन् २००९ मा सार्वजनिक चर्चित फिल्म ‘थ्री इडियट्स’मा इन्जिनियरिङ विद्यार्थीको भूमिका गर्ने अमिर खान ४५ वर्षका थिए । त्यस्तै ‘मुन्ना भाई एमबीबीएस’ मा ४४ वर्षका सन्जय दत्तले पनि चिकित्सकीय डक्टरको भूमिका गरेका थिए ।

    दोस्रोतर्फ सन् २०१२ मा अनुराग कश्यपको फिल्म ‘ग्याङ्स अफ वासेपुर’मा रिचा चड्डा आफूभन्दा ११ वर्ष जेठा नवाजुद्दीन सिद्दीकीकी आमाको भूमिकामा छिन् । केजीएफमा २७ वर्षकी अर्चना जोइस २८ वर्षका अभिनेता यशका आमा बनेकी छन् ।

    निर्देशकले बनाए आमा, वास्तविक जीवनमा बने प्रेमि–प्रेमिका
    सन् १९५७ मा प्रदर्शनमा आएको ‘मदर इण्डिया’ मा २८ वर्षकी नरगिस आफूभन्दा पाँच दिन कान्छो सुनिल दत्तकी आमाको भूमिका निभाएकी छन् । तर फिल्म सेटमै नरगिस र सुनीलबीच प्रेम बस्यो ।

    यस्तोमा फिल्मका निर्देशक महबूब खानलाई दुई अभिनेता र अभिनेत्री बीचको प्रेमले फिल्मको आमा छोराको इमेजलाई प्रभावित बनाउने लाग्यो । त्यसैले खानले नरगिस र सुनीललाई केही समय तिनको सम्बन्ध बाहिर नल्याउन भनेका थिए । फिल्म प्रदर्शन भएपछि मात्र दुई जनाको विवाह भयो ।

    ब्रिटिस फिल्म उद्योगमा विरोध
    ब्रिटिस फिल्म उद्योगमा लैङगिक विभेदको स्थिति बलिउडभन्दा कम छ तर पनि त्यहाँ पछिल्लो समय यो विषयमा आवाज उठेको छ । केही दिनअघि मात्रै १०० जना अभिनेता र सार्वजनिक व्यक्तित्वले यस विषयमा एक वक्तव्य निकालेका थिए । जसमा फिल्म उद्योगमा बढी उमेरका अभिनेत्रीलाई पनि बराबरीको भूमिका दिन माग गरिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ